काठमाडौं– इंग्लिस क्लब टोटनह्यामले युरोपा लिग फुटबलको दोस्रो चरण छनोट खेलमा जित निकालेको छ।
बिहीबार राति भएको खेलमा टोटनह्यामले बुल्गेरियाको लोकोमोटिभ प्लोभ्डिभलाई २–१ गोलअन्तरले पराजित गरेको हो। टोटनह्यामलाई जिताउन ह्यारी केन र टान्गी एनडम्बेलेले गोल गरे। लोकोमोटिभका लागि भने जर्जी मिन्चेभले गो गरेका थिए।
लोकोमोटिभमाथि टोटनह्यामले कठिन जित निकालेको हो। पहिलो हाफमा गोलरहित बराबरी खेलेको टोटनह्यामले खेलको ७१औं मिनेटमा गोल खान पुग्यो। जर्जीले गोल गरेपछि लोकोमोटिभ १–० गोलले अघि रहेको थियो। तर खेलको ७८ औं मिनेटमा डिनिस अल्मेडा र ७९औं मिनेटमा विर्सेन्ट करागरेन रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लोकोमोटिभ ९ खेलाडीमा सीमित भएको थियो।
खेलको ८०औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै ह्यारी केनले टोटनह्यामलाई १–१ गोलको बराबरीमा ल्याए। खेलको ८५औं मिनेटमा एनडम्बेलेले गोल गरेपछि टोटनह्यामले २–१ गोलले जित निकालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।