हेलम्बु- सिन्धुपाल्चोक जिल्लाका पहिरो पीडितहरूलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले ‘फुर्के परिवार’को तर्फबाट आर्थिक सहयोग हस्तान्तरण गरेका छन्।
बुधबार हेलम्बु गाउँपालिका-५ बोल्देमा आयोजित आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा पूर्वमन्त्री बस्नेतले हेलम्बु गाउँपालिका-५ का ५६ परिवारलाई ५ हजारका दरले नगद र स्वास्थ्य सामग्री प्रदान गरेका हुन्। बस्नेतले करिब ३ लाख रुपैयाँ हस्तान्तरण गरेको ‘फुर्के परिवर’ले जनाएको छ।
‘बोल्देका ५६ जना पहिरोपीडितहरूलाई कसैले पनि कुनै पनि प्रकारको राहत दिएका थिएनन्,' पूर्वमन्त्री बस्नेतले भने, ‘मेरो अनुरोधमा फुर्के परिवारहरूले प्रतिपरिवार ५ हजारका दरले करिब तीन लाख रुपियाँ र स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ।’
कांग्रेस नेता बस्नेलते कोरोना महामारीका बेला सिन्धुपाल्चोकमा स्वास्थ्य सामग्री, खाद्यान्न लगायतका सहयोग गर्दै आएका छन्। उनले बाढीपहिरोपीडितहरूलाई पनि नगद, खाद्यान अन्य सहयोगहरू गर्दै आएका छन्।
पूर्वमन्त्री बस्नेतले जनतालाई सहयोगहरू गरेको देखेपछि आत्तिएका कम्युनिस्टहरूले बेलाबेला उनलाई अवरोधका प्रयाससमेत गरेको बताएका छन्। यसैबीच, कांग्रेस नेता बस्नेतले हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई चार हजार थान एन–९५ मास्क हस्तान्तरण गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।