काठमाडौं– भारतीय खेलाडीद्वय मनिचन्द्र सिंह र समिरा मारिहाम अब्राहमले छैटौं दक्षिण एसियाली ट्रायथलन च्याम्पियनसिपमा स्वर्ण पदक जित्न जितेका छन्।
पोखरामा भएको ट्रायथलनको स्प्रिन्ट विधाको पौडी ७ सय ५० मिटर, साइक्लिङ्ग १० किमी र दौड ५ कि.मि.को दूरी मनिचन्द्रले ५८ मिनट २ सेकेन्डमा पूरा गर्दै स्वर्ण हात पारेका हुन्। भारतकै बिश्वरजित साइखाम ५९ मि. ५७ सेकेन्डका साथ रजत र नेपालका बसन्त चौधरीले १ घण्टा १ मिनट २ सेकेन्डका साथ कास्य पदक हात पारे।
महिला तर्फ उक्त दूरी समिराले १ घण्टा ४ मिनट ५० सेकेण्डमा पुरा गरिन्। दोश्रो भएकी भारतकै प्रग्न्या मोहनले १ घण्टा ८ मिनट र ४२ सेकेन्ड र तेश्रो भएकी नेपाली खेलाडी सोनी गुरुङले १ घण्टा १३ मिनट ८ सेकेण्डमा पुरा गरिन् ।
प्रतियोगिताको खुलापुरुष तर्फ पनि तीनै खेलाडीहरुले मनिचन्द्रले स्वर्ण, बिश्वरजितले रजत र बशन्त चौधरीले कास्य पाए। महिलातर्फ स्पेनकी इश्वराले स्वर्ण हात पारिन्। उनले उक्त दूरी १ घण्टा ३ मिनट ३४ सेकेण्डमा पुरा गरिन्। दोश्रो स्थानमा भारतकी समिरा र तेश्रो स्थानमा प्रग्नया रहे।
नेपाल पर्वतीय खेलकुद अन्तरगत भएको प्रतियोगिताको ८ औं राष्ट्रिय ट्राईयाथलन प्रतियोगिता तर्फ पुरुषमा नेपाली सेनाले बर्चस्व बनायो। सेनाका बशन्त चौधरीले १ घण्टा १ मिनट २ सेकेन्डका साथ स्वर्ण हात पार्दा दिपेश चौधरीले १ घण्टा १ मिनट १८ सेकेण्डका साथ रजत र रुद्र कटुवालले १ घण्टा ४ मिनट ४३ सेकेण्डका साथ कास्य पाए।
महिला तर्फ एपिएफकी सोनी गुरुङले १ घण्टा १३ मिनट ८ सेकेण्डका साथ स्वर्ण, गोहाटीमा सम्पन्न दक्षिण एशियाली खेलकुदमा ब्यक्तिगत तर्फ कास्य र टिम स्पर्धामा रजत पदक प्राप्त काठमाण्डौकी रोजा केसीले १ घण्टा १७ मिनट ३३ सेकेण्डका साथ रजत र सेनाकी यामकुमारी भुजेलले १ घण्टा २४ मिनट १ सेकेण्डका साथ कास्य पाईन् ।
प्रतियोगिताको ५ कि.मि. दौड २० कि.मि. साईक्लिङ्ग र २.५ कि.मि. दौड सेनाका मानबहादुर थापाले जिते । उनले उक्त दूरी ५४ मिनट १७ सेकेण्डमा पुरा गर्दै स्वर्ण हात पार्न सफल भए। एपिएफका किरण मल्लले ५५ मिनट ३९ सेकेण्ड र लक्ष्मण मल्लले ५५ मिनट ५३ सेकेण्डमा पुरा गर्दै रजत र कास्य पाए ।
महिला तर्फ दुइ खेलाडीको मात्र प्रतिस्पर्धा भएकोमा एपिएफकी हुमा बुढा मगरले आफ्नै क्लबकी प्रतिमा चौधरीलाई पछि पार्दै स्वर्ण हात पारिन् । हुमाले १ घण्टा १० मिनट ९ सेकेण्ड र प्रतिमाले १ घण्टा १५ मिनट २३ सेकेण्डमा दूरी पुरा गरे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।