नेपालगन्ज- बाँकेको नेपालगन्जमा एक सातादेखि सञ्चालन भइरहेको रात्रिकालीन मेयर कप कबड्डी प्रतियोगिता दर्शकहरुको भिड बढ्दै गएको छ।
दिउँसो अत्यधिक गर्मी भए पनि राति शीतल हुने भएकाले रातको समयमा सञ्चालन गरिएको प्रतियोगिता हेर्न स्थानीय बासिन्दा परिवारसहित खेल स्थल पुग्ने गरेका छन्।
प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न १६ वटा टिमबीच प्रतिस्पर्धा भइरहेको छ। शनिबारसम्म सञ्चालन हुने प्रतियोगिताको आयोजना नेपालगन्ज उपमहानगरपालिकाले गरेको हो।
नेपालगन्जमा सञ्चालन हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीका लागि आयोजना गरिएको कबड्डी प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा धवल शमशेर राणासहित वडाअध्यक्षहरु पनि खेलाडीको रुपमा मैदानमा उत्रिएका छन्।
मनोरन्जन र नगरवासीबीच सद्भाव कायम गर्ने उद्देश्यले १६ वर्षपछि पुन: प्रतियोगिता आयोजना गरिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।