काठमाडौं– बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कास्कीको रुपा गाउँपालिका–५ देउराली बस्ने ५७ वर्षीय केश बहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको छ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले पोखरा महानगरपालिका–६ बाट गुरुङलाई पक्राउ गरेको हो।
उच्च अदालत पाटनको २०७६ चैत १० गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ५० लाख रुपैयाँ जरिवाना र ६ दिन कैद सजाय ठहर गरेको थियो।
पक्राउ परेका गुरुङलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत कास्कीमार्फत् फैसला कार्यान्वयका लागि कारागार पठाइएको कास्की प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।