• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, माघ ४, २०८२ Sun, Jan 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस महाधिवेशन : २०७८ को जेठ कि भदौमा?

64x64
लिलु डुम्रे मंगलबार, भदौ ३०, २०७७  १४:५६
1140x725

काठमाडौं- निर्धारित मितिमा कांग्रेसको १४औं महाधिवेशन नहुने निश्चितप्रायः भएको छ। फागुन ७ देखि १० सम्म तोकिएको महाधिवेशन कोभिड र कांग्रेसको आन्तरिक विवादले पर सर्ने भएको हो। 

महाधिवेशनको कार्यतालिका प्रभावित बनेपछि दुई विकल्प अघि सारिएको छ। २०७८ को जेठ वा भाद्रमा गर्ने नयाँ मिति तोक्ने गरी आन्तरिक छलफल अघि बढेको हो। सभापति शेरबहादुर देउवा तोकिएको मितिमा महाधिवेशन नहुनेमा ढुक्क देखिएका छन्। बिपी कोइरालाको १०७औं जन्मजयन्तीका अवसरमा भएको भर्चुअल संवाद देउवाले नयाँ मिति सबैको सहमतिबाट तोकिने बताएका थिए। देउवाले भनेका थिए, ‘संविधानले दिएको व्यवस्थाभन्दा बढाउन पाउँदिन भन्ने त मलाई पनि थाहा छ।’

देउवाका लागि महाधिवेशन सर्ने प्रमुख कारण कोरोना महामारी हो। महाधिवेशन सर्ने अभिव्यक्ति दिँदा त्यसको अपजस लिनुपर्ने भएकाले केन्द्रीय समितिबाट निर्णय गराउने प्रक्रियामा छन् सभापति देउवा। संस्थापन इतरको समर्थनसमेत लिएर निर्णय गर्दा दोषको भागीदार हुनु नपर्ने उनको बुझाई छ। ‘सबै साथीहरुको सहमतिले नयाँ मिति तोक्ने हो। मैले हुँदैन कहाँ भन्छु र?’

संस्थापन इतरका नेताहरू निर्धारित कार्यतालिका अनुसार महाधिवेशनका काम नहुनुमा देउवा पक्षलाई दोष लगाउँछन्। संगठन समायोजनका काम सक्नका लागि समयावधि पटकपटक सारिएको थियो। अन्तिम समयका लागि साउन १० सम्म दिइएको समयावधिमा निर्वाचन समितिले आफ्नो कार्य सकेको छैन।

प्रदेश २ का ८ जिल्लासहित करिब एक दर्जन जिल्लामा समायोजन सकिएको छैन। वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवा पक्षले समायोजन अल्झाएर राखेको आरोप लगाए। अर्कोतर्फ क्रियाशील सदस्यताको वितरण र नवीकरण समेत विवाद देखिएको छ। जिल्ला सभापतिले समायोजनको कार्य सकेर केन्द्रमा पठाएपनि संस्थापन पक्षले विवाद झिकेर क्रियाशील सदस्यता वितरण गर्न रोकेको बताइएको छ। अन्य दलबाट आएकालाई सभापतिले आफुखुसी क्रियाशील सदस्यता बाँडेको संस्थापनइतरले जनाएको छ। नेता प्रकाशमान सिंहले भने, ‘कांग्रेसमा एक जना प्रवेश गर्ने तर उसको नाममा हजारौंलाई क्रियाशील सदस्यता वितरण गर्ने कार्य भएको छ।’

Ncell 2
Ncell 2

डडेल्धुरा, सिन्धुपाल्चोक, सोलुखुम्बुलगायतका जिल्लाले समायोजन सकेपनि क्रियाशील सदस्यता वितरण जिल्ला सभापतिमार्फत् हुन सकेको छैन।

वरिष्ठ नेता पौडेल हाल निर्धारित समयको सदुपयोग गरी फागुनमै महाधिवेशन हुनुपर्ने अडानमा छन्। उनले भने, ‘पाँच महिना त सिंगै बाँकी छ। यो बीचमा हामी के गछौं त्यसमा पो चिन्ता हुनुपर्ने हो।’ तल्लो तहका अधिवेशनको समयावधि घटाएर गर्न सकिने उनले विकल्प अघि सारे। 

पार्टीको विधानलाई रछ्यानमा फालेर केन्द्रीय समितिबाट नयाँ तोक्न अधिकारसमेत नहुने उनको तर्क छ। पाँच महिनालाई सदुपयोग नगरी म्याद थप्ने प्रस्ताव मान्य नहुने उनले बताए। ‘पाँच महिनामा भ्याउँदैनौं भनी म्याद थपियो भने त्यो थपेको म्यादमा पनि काम हुँदैन।’

निर्वाचन आयोगलाई पत्र लेखेर कार्यसमितिको अवधि बढाउन नहुने पक्षमा उनी छन्। निर्वाचन आयोगलाई पत्र लेख्ने परिस्थिति निर्माण भए त्यसमा षड्यन्त्रको आशंका गर्छन् पौडेल। विगतमा आफ्नै पक्षका नेताहरुले शीघ्र महाधिवेशनको कुरा उठाउँदा समयमा महाधिवेशनको माग मात्र आफूले उठाएको उनले स्मरण गरे। नेविसंघ सभापति हुँदादेखि नै देउवालाई नजिकबाट चिनेको बताउँदै उनले भने, ‘शेरबहादुर देउवा सभापति हुँदा त जथाभावी हुन्छ/हुन्छ। केही गरेर रोक्न सकिदैंन।’

महाधिवेशनको नयाँ मिति, क्रियाशील सदस्यता, विभाग गठनलगायतमा देखिएका विवादमा हल निकाल्न केन्द्रीय समिति बैठकको माग भइरहेको छ। असोजको दोश्रो साता बैठक बोलाउने तयारी रहेको केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए। उनले भने, ‘कोरोनाले महाधिवेशनको कार्यतालिकाअनुसार काम भएको छैन। जेठमा वा भाद्रमा हुने गरि नयाँ मिति सार्वजनिक हुन्छ।’

मिति पुनः फेर्ने परिस्थिति नआउनका लागि भदौको लागि अन्तिम मिति तोक्ने गरि छलफल पनि भएको उनले सुनाए। मुख्य सचिव कृष्णप्रसाद पौडेलले महामन्त्री डा शशांक कोइरालालाई कोरोना संक्रमण देखिएकाले बैठकको मिति तय हुन नसकेको बताए। 

जिल्ला अधिवेशनका तोकिएको पुस महिना अघिका निर्धारित कार्य सक्न सभापतिले अग्रसरता लिनुपर्ने संस्थापनइतरका नेताहरुको माग छ। नेता सिंहले भने, ‘पुसमा जिल्ला तहको अधिवेशन छ। त्यसअघि तीन महिना  बाँकी छ। सुतेर बस्ने हो भने त थपेको ६ महिनामा पनि हुँदैन।’ केन्द्रीय समितिले महाधिवेशनको नयाँ मिति जेठमा हुने गरी तोक्ने सम्भावना रहेको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए।

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  १४:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
बाबुराम भट्टराई गोरखा–२ बाट चुनाव लड्ने गोरखा–२ मा यसअघि नै नेकपाले लेखनाथ न्यौपानेलाई टिकट दिएको छ भने एमालेले चक्रे मिलनलाई उम्मेदवार बनाएको छ ।रास्वपाबाट कविन्द्र बुर्ला... आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आफ्नो समूहको छलफलका क्रममा कार्यकर्तासँग कुरा गर्दै कोइरालाले पार्टीबाट उम्मेदवारीको अवसर पाउनेहरुलाई जिताउन आफू लागिपर्ने समेत बताए... आइतबार, माघ ४, २०८२
वरिष्ठ नेताको पदभार ग्रहणलगत्तै घण्टीघरबाट निस्किए बालेन रास्वपा प्रवेश गरेको २१ दिनपछि आइतबार औपचारिक रूपमा केन्द्रीय कार्यालय घण्टीघर पुगेर बालेनले पदभार ग्रहण गरेका हुन् । आइतबार, माघ ४, २०८२
ताजा समाचारसबै
धरानमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु आइतबार, माघ ४, २०८२
बाबुराम भट्टराई गोरखा–२ बाट चुनाव लड्ने आइतबार, माघ ४, २०८२
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने आइतबार, माघ ४, २०८२
प्रधानमन्त्री र मन्त्रीसहित आयोगका पदाधिकारीबीच छलफल आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
यी हुन् गगन थापाको सभापतित्वमा बसेको काँग्रेस कार्यसमिति बैठकले गरेका निर्णयहरु शनिबार, माघ ३, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्