• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस महाधिवेशन : २०७८ को जेठ कि भदौमा?

64x64
लिलु डुम्रे मंगलबार, भदौ ३०, २०७७  १४:५६
1140x725

काठमाडौं- निर्धारित मितिमा कांग्रेसको १४औं महाधिवेशन नहुने निश्चितप्रायः भएको छ। फागुन ७ देखि १० सम्म तोकिएको महाधिवेशन कोभिड र कांग्रेसको आन्तरिक विवादले पर सर्ने भएको हो। 

महाधिवेशनको कार्यतालिका प्रभावित बनेपछि दुई विकल्प अघि सारिएको छ। २०७८ को जेठ वा भाद्रमा गर्ने नयाँ मिति तोक्ने गरी आन्तरिक छलफल अघि बढेको हो। सभापति शेरबहादुर देउवा तोकिएको मितिमा महाधिवेशन नहुनेमा ढुक्क देखिएका छन्। बिपी कोइरालाको १०७औं जन्मजयन्तीका अवसरमा भएको भर्चुअल संवाद देउवाले नयाँ मिति सबैको सहमतिबाट तोकिने बताएका थिए। देउवाले भनेका थिए, ‘संविधानले दिएको व्यवस्थाभन्दा बढाउन पाउँदिन भन्ने त मलाई पनि थाहा छ।’

देउवाका लागि महाधिवेशन सर्ने प्रमुख कारण कोरोना महामारी हो। महाधिवेशन सर्ने अभिव्यक्ति दिँदा त्यसको अपजस लिनुपर्ने भएकाले केन्द्रीय समितिबाट निर्णय गराउने प्रक्रियामा छन् सभापति देउवा। संस्थापन इतरको समर्थनसमेत लिएर निर्णय गर्दा दोषको भागीदार हुनु नपर्ने उनको बुझाई छ। ‘सबै साथीहरुको सहमतिले नयाँ मिति तोक्ने हो। मैले हुँदैन कहाँ भन्छु र?’

संस्थापन इतरका नेताहरू निर्धारित कार्यतालिका अनुसार महाधिवेशनका काम नहुनुमा देउवा पक्षलाई दोष लगाउँछन्। संगठन समायोजनका काम सक्नका लागि समयावधि पटकपटक सारिएको थियो। अन्तिम समयका लागि साउन १० सम्म दिइएको समयावधिमा निर्वाचन समितिले आफ्नो कार्य सकेको छैन।

प्रदेश २ का ८ जिल्लासहित करिब एक दर्जन जिल्लामा समायोजन सकिएको छैन। वरिष्ठ नेता रामचन्द्र पौडेलले देउवा पक्षले समायोजन अल्झाएर राखेको आरोप लगाए। अर्कोतर्फ क्रियाशील सदस्यताको वितरण र नवीकरण समेत विवाद देखिएको छ। जिल्ला सभापतिले समायोजनको कार्य सकेर केन्द्रमा पठाएपनि संस्थापन पक्षले विवाद झिकेर क्रियाशील सदस्यता वितरण गर्न रोकेको बताइएको छ। अन्य दलबाट आएकालाई सभापतिले आफुखुसी क्रियाशील सदस्यता बाँडेको संस्थापनइतरले जनाएको छ। नेता प्रकाशमान सिंहले भने, ‘कांग्रेसमा एक जना प्रवेश गर्ने तर उसको नाममा हजारौंलाई क्रियाशील सदस्यता वितरण गर्ने कार्य भएको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

डडेल्धुरा, सिन्धुपाल्चोक, सोलुखुम्बुलगायतका जिल्लाले समायोजन सकेपनि क्रियाशील सदस्यता वितरण जिल्ला सभापतिमार्फत् हुन सकेको छैन।

वरिष्ठ नेता पौडेल हाल निर्धारित समयको सदुपयोग गरी फागुनमै महाधिवेशन हुनुपर्ने अडानमा छन्। उनले भने, ‘पाँच महिना त सिंगै बाँकी छ। यो बीचमा हामी के गछौं त्यसमा पो चिन्ता हुनुपर्ने हो।’ तल्लो तहका अधिवेशनको समयावधि घटाएर गर्न सकिने उनले विकल्प अघि सारे। 

पार्टीको विधानलाई रछ्यानमा फालेर केन्द्रीय समितिबाट नयाँ तोक्न अधिकारसमेत नहुने उनको तर्क छ। पाँच महिनालाई सदुपयोग नगरी म्याद थप्ने प्रस्ताव मान्य नहुने उनले बताए। ‘पाँच महिनामा भ्याउँदैनौं भनी म्याद थपियो भने त्यो थपेको म्यादमा पनि काम हुँदैन।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

निर्वाचन आयोगलाई पत्र लेखेर कार्यसमितिको अवधि बढाउन नहुने पक्षमा उनी छन्। निर्वाचन आयोगलाई पत्र लेख्ने परिस्थिति निर्माण भए त्यसमा षड्यन्त्रको आशंका गर्छन् पौडेल। विगतमा आफ्नै पक्षका नेताहरुले शीघ्र महाधिवेशनको कुरा उठाउँदा समयमा महाधिवेशनको माग मात्र आफूले उठाएको उनले स्मरण गरे। नेविसंघ सभापति हुँदादेखि नै देउवालाई नजिकबाट चिनेको बताउँदै उनले भने, ‘शेरबहादुर देउवा सभापति हुँदा त जथाभावी हुन्छ/हुन्छ। केही गरेर रोक्न सकिदैंन।’

महाधिवेशनको नयाँ मिति, क्रियाशील सदस्यता, विभाग गठनलगायतमा देखिएका विवादमा हल निकाल्न केन्द्रीय समिति बैठकको माग भइरहेको छ। असोजको दोश्रो साता बैठक बोलाउने तयारी रहेको केन्द्रीय सदस्य एनपी साउदले जानकारी दिए। उनले भने, ‘कोरोनाले महाधिवेशनको कार्यतालिकाअनुसार काम भएको छैन। जेठमा वा भाद्रमा हुने गरि नयाँ मिति सार्वजनिक हुन्छ।’

मिति पुनः फेर्ने परिस्थिति नआउनका लागि भदौको लागि अन्तिम मिति तोक्ने गरि छलफल पनि भएको उनले सुनाए। मुख्य सचिव कृष्णप्रसाद पौडेलले महामन्त्री डा शशांक कोइरालालाई कोरोना संक्रमण देखिएकाले बैठकको मिति तय हुन नसकेको बताए। 

जिल्ला अधिवेशनका तोकिएको पुस महिना अघिका निर्धारित कार्य सक्न सभापतिले अग्रसरता लिनुपर्ने संस्थापनइतरका नेताहरुको माग छ। नेता सिंहले भने, ‘पुसमा जिल्ला तहको अधिवेशन छ। त्यसअघि तीन महिना  बाँकी छ। सुतेर बस्ने हो भने त थपेको ६ महिनामा पनि हुँदैन।’ केन्द्रीय समितिले महाधिवेशनको नयाँ मिति जेठमा हुने गरी तोक्ने सम्भावना रहेको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए।

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  १४:५६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना खनाललाई मुटुसम्बन्धी सामान्य समस्या देखिएपछि आइतबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव मिलन उपाध्यायले जा... आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन समाचारको तथ्य, प्रस्तुति र पत्रकार आचारसंहितासम्बन्धी विवाद हेर्नु काउन्सिलको जिम्मेवारी भए पनि फेसबुकमा हुने हरेक व्यक्तिगत झगडा पत... आइतबार, कात्तिक १, २०८३
गृहमन्त्रीले गरे बुढीगण्डकी बाढी प्रभावित क्षेत्रको निरीक्षण शनिबार हेलिकोप्टरमार्फत चुमनुब्री–३ को सिर्दिवास झरेका गुरुङले त्यस क्षेत्रको अवलोकन तथा निरीक्षण गरे । सिर्दिबास गृहमन्त्री गुरुङको... आइतबार, कात्तिक १, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्