काठमाडौं-मोरङको बेलबारी नगरपालिका-५ तेलकुडीका चन्द्रकुमार राईको हत्यामा संलग्न एक अभियुक्त पक्राउ परेका छन्। हत्यामा संलग्न भएको आरोपमा प्रहरीले सोही ठाउँका ३१ वर्षीय विनयकुमार सरदारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।
२०७७ भदौ १२ गते सोही नगरपालिका कसेनीस्थित लोहन्द्रा खोलाको किनारा छेउमा धारिलो हतियार प्रहार गरी राईको हत्या गरिएको थियो।
हत्यामा संलग्न भई फरार भएका सरदारलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सुनसरी बराहक्षेत्र नगरपालिका-११ मधुवनबाट पक्राउ गरेको हो। पक्राउ परेका सरदारमथि कर्तव्य ज्यानको कसुरमा अनुसन्धान सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।