काठमाडौं- नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकमा फेरि कुलमान घिसिङलाई नै नियुक्त गर्न माग गर्दै माइतीघरमा युवाहरूले नाराबाजी गरेका छन्। सोमबार साँझ युवाहरूले माइतीघरमा भेला भएर नाराबारी गरेका हुन्।
कुलमानका पालामा लोडसेडिङ अन्त्य भएकाले पुन उनलाई नियुक्त गर्न माग गर्दै युवाले प्रदर्शन गरेका हुन्। कुलमानका पक्षमा सार्वजनिक दबाब बढी नै भएपछि ऊर्जा मन्त्री वर्षमान पुनले एक टेलिभिजनमा कुराकानी गर्दै घिसिङलाई नै प्राधिकरणमा पुनर्नियुक्ति गरिने बताएका थिए। तर ऊर्जा मन्त्रालयले भने मन्त्रिपरिषद्मा हालसम्म कुनै प्रस्ताव पठाएको छैन।
'उज्यालो नेपालका महानायक जिन्दावाद', 'कुलमान घिसिङ जिन्दावाद', 'कुलमानलाई पुनर्नियुक्ति गर' लगायतका नारा युवाहरूले लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।