• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, माघ ८, २०८२ Thu, Jan 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

मुखर्जीसँगको त्यो भेट

सञ्जय पन्थी  मंगलबार, भदौ ३०, २०७७  १७:०६
1140x725

भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनसँगै नेपालले एक सच्चा शुभचिन्तक गुमाएको छ। विश्वव्यापी महामारी कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका मुखर्जीको ८४ वर्षको उमेरमा गत साता निधन भयो। 

उनको निधनसँगै दक्षिण एशियाले राजनेता मात्र नभएर एउटा युगको नेतृत्व गरेका अनुभवी अभिभावक गुमाएको छ। छिमेकी नेपालको राजनीतिका बारेमा जानकार राजनीतिज्ञ मुखर्जीले नेपालको परिवर्तनमा सदासयता प्रकट गरिरहन्थे। मुखर्जीले नेपाल भारतको सच्चा मित्र रहेको बताउँथे।

०४६ सालको आन्दोलनमा बखत भारतको सत्तापक्षमा रहेर अप्रत्यक्ष भूमिका निर्वाह गरेका मुखर्जीले ०६३ को आन्दोलनमा भने प्रत्यक्ष भूमिका निर्वाह गरेका थिए। भनिन्छ, ०६३ सालको (बैशाख पहिलो साता) आन्दोलन उत्कर्षमा रहेका बेला भारतले आफ्ना दूतका रुपमा करण सिंहलाई नेपाल पठाउँदा अन्तिम समयमा जानुको कुनै अर्थ नहुने राय सरकारसमक्ष प्रस्तुत गरेका थिए। 

लोकतन्त्रको विकासका लागि प्रतिबद्ध र सक्षम रहँदा-रहँदै पनि प्रधानमन्त्री हुनबाट वञ्चित मुखर्जी सन् २०१२ मा भारतका १३ औं राष्ट्रपति हुन पुगे।  राष्ट्रपतिकालको अन्त्यतिर सन् २०१६ मा नेपाल आएका मुखर्जी नेपालले गरेको स्वागत सत्कारबाट प्रसन्न थिए। त्यसबखत पनि परिवर्तन संस्थागत हुनुपर्ने कुरामा उनले जोड दिएका थिए। 

उनी भारतको लोकतन्त्र संस्थागत हुनुपर्छ भन्ने कुरामा प्रतिबद्ध नेता हुन्। उनलाई भारतको राजनीतिमा ‘चाणक्य’ को उपमा चिन्ने गरिन्थ्यो। राष्ट्रपतिबाट निवृत्त भएपछि उनी नयाँदिल्लीस्थित दशराजाजी मार्गको सरकारी भवनमा बस्दै आएका थिए। उनकै निवासमा सन् २०१८को जुन २८ का दिन यो स्तम्भकारले दोस्रो पटक भेट गर्ने अवसर प्राप्त गरेको थियो। त्यसो त पहिलो भेट उनी राष्ट्रपति रहेकै बखत सन् २०१५ अक्टुवर १८ तारिखमा भएको थियो।

स्तम्भकार अध्ययनरत गुजरात विद्यापीठ (गान्धीद्वारा स्थापित विश्वविद्यालय) को ९६ औं वार्षिक समारोहमा उनी प्रमुख अतिथि बनेका थिए। त्यसबखत नेपालमा ०७२ असोज ३ मा संविधान जारी भएपछि भारतले अघोषित नाकाबन्दी गरेको अवस्था थियो। उक्त विश्वविद्यालयका तर्फबाट अन्तराष्ट्रिय विद्यार्थीको हैसियतमा उनलाई स्वागत गर्ने अवसर स्तम्भकारलाई समेत प्राप्त भएको थियो। त्यसबखत भारतले नेपालमा विना कारण नाकाबन्दी रहेको अवगत गराउँदै हटाउन स्तम्भकारले उनीसमक्ष आग्रह गरेका थिए। तर दोहारो संवाद हुन सकेको थिएन। 

दोस्रो भेट उनी राष्ट्रपतिबाट निवृत्त भएपछि दिल्लीस्थित उनको सरकारी निवासमा भएको थियो। उनको सचिवालयमा गूजरात विद्यापीठमा गान्धीका बारेमा अध्येता रहेको जानकारी गराउदैं भेट गर्न चाहेको जानकारी गराएपछि एक दिनको अन्तरमा भेटका लागि अनुमति प्राप्त भएको थियो। उक्त भेटघाटमा दिल्लीस्थित वाल स्ट्रीट जर्नलमा (डब्लुएसजे) कार्यरत नेपाली पत्रकार कृष्ण पोखरेल र स्तम्भकारले संयुक्त रुपमा भेट गरेका थियौं। करिब २५ मिनेटको भेटमा मुखर्जीले नेपाल–भारत सम्बन्ध, राजनीति तथा गान्धी दर्शनका बारेमा अनुभव व्यक्त गरेका थिए। त्यस बखत दाहोरो संवाद भएको थियो। 

साथै नेपालको अपरिपक्व राजनैतिक आरोह–अवरोहका बारेमा समेत उनले चिन्ता प्रकट गरेका थिए। नेपालको परिवर्तनहरुमा आफूले व्यक्तिगत तवरबाट समेत प्रत्यक्ष र अप्रत्यक्ष रुपमा भूमिका निर्वाह गर्दै आएको स्मरण उनले गरेका थिए। नेपालमा लोकतन्त्र संस्थागत होस् भन्ने शुभेच्छा रहेको उनले बताएका थिए। उनीसँग स्तम्भकारले भारतको चाहनामा नेपालको राजतन्त्र अपदस्थ गरियो भन्ने आरोप छ नि भनेर गरेको जिज्ञासामा मुखर्जीले कूटनीतिक शैलीमा नेपालको परिवर्तन नेपाली जनअपेक्षा अनुसार भएको बताएका थिए।

Ncell 2
Ncell 2

छिमेकी देशका जनताको भावनालाई भारतले सधै कदर गर्दै आएको उनले बताएका थिए। नेपालको एउटा पुस्ताले भारतको स्वतन्त्रता प्राप्तिको आन्दोलनमा सहभागी भएर योगदान गरेको उनले स्मरण गरेका थिए। भारतको स्वतन्त्रता आन्दोलनमा सहभागी पुस्ताको सपनालाई साकार पार्न नेपालको परिवर्तनमा भारतले आफ्ना तर्फबाट सदासयता प्रकट गर्दै आएको उनको थप स्पष्टोक्ति थियो। 

नेपालका पटक–पटकका आन्दोलन र परिवर्तनलाई नजिकबाट नियालेका अनुभवी मुखर्जीले जनमतको अपेक्षाबाट मात्र परिवर्तन सम्भव हुने गरेका दृष्टान्त व्यक्त गरेका थिए। जनअपेक्षा अनुसार भएको नेपालको परिवर्तनमा भारतको सदैव सदासयता प्रकट गर्दै आएको उनले दोहोर्‍याए। त्यसबखत उनले ‘नेपालको जनअपेक्षा र परिवर्तनमा हाम्रो तर्फबाट सदासयता मात्र हो। परिवर्तनका संवाहक नेपाली जनता नै हुन्,’ भनेका थिए। 

नेपालमा १० वर्षे माओवादी हिंसात्मक विद्रोह भइरहँदा उनी तत्कालीन युपिए गठबन्धनको सरकारका प्रभावशाली मन्त्री थिए। १२ बुँदे सहमतिका बखत रक्षामन्त्री थिए। मुखर्जी दिल्लीमा भएको १२ बुँदे सहमतिको पृष्ठभूमिका अदृश्य तर कुशल खेलाडी हुन्। उनले नेपालको परिवर्तन नेपाली जनताकै चाहनाबाट भएको कूटनीतिक अभिव्यक्ति दिएर भारतले नेपालको माओवादी आन्दोलनमा प्रत्यक्ष सहयोग पुर्‍याएको भन्ने आरोपलाई अस्वीकार गरे। जनशक्तिलाई कहिल्यै कम आँकलन नगर्न त्यस बखत उनले सुझाव दिएका थिए। 

उनले आफूसँगको भेटलाई मिडियामा समाचार नबनाउन आग्रह गरेका थिए। त्यसको केही दिन अघिमात्र उनी नागपुरस्थित भाजपाको मातृ संगठन राष्ट्रिय स्वयंसेवक सँघ (आरएसएस)को कार्यक्रममा सहभागी भएपछि मिडियामा उनको सहभागितालाई विवादित रुपमा प्रस्तुत गरिएको थियो । त्यसले गर्दा उनी मिडियाबाट तटस्थ रहन चाहन्थे। 

उनले उक्त भेटमा अनावश्यक रुपमा मिडियाले विवादमा पार्ने गरेको दुखेसो गरेका थिए। त्यसैले उक्त भेटलाई मिडियामा नल्याउन उनको आग्रह थियो। उनले उक्त भेटको छलफलाई रेकर्ड गर्नसमेत उनले मनाही गरेका थिए। उनको निवासको भेटघाट कक्षमा आगन्तुकका लागि दुईवटा कुर्सी बीचमा एउटा टेबुल, पुस्तकालय, भित्तामा एउटा टिभी, कार्पेटविहीन भुइँसहितको कोठामा उनको बसाई सामान्य थियो। जुन तस्बिरमा समेत देख्न सकिन्छ। 

अनौपचारिक छलफल क्रममा नेपालको पछिल्लो परिवर्तनका बारेमा उनले भने, ‘जनअपेक्षालाई बुझेर हामीले समस्या समाधानका लागि सकारात्मक भूमिका निर्वाह गरेका हौं।’ भारतको तत्कालीन संस्थापन पक्षले १२ बुँदे सहमति गराउन सहयोग गरेको थियो। उक्त सहमतिमा पत्रमा हस्ताक्षर गर्न गिरिजाप्रसाद कोईराला स्वयं दिल्ली पुग्नु भएको थियो। भारतको सहयोगबाट माओवादी र सात दलबीच भएको १२ बुँदे सहमति भएको हो भन्ने बुझाइलाई मुखर्जीसमक्ष जिज्ञासाका रुपमा राख्दा उनले नेपालको जनअपेक्षाका पक्षमा भारतले सहयोग गर्दै आएको भनाइ दोहोर्‍याएका थिए। उनले भने, ‘भारत आफैंमा लोकतान्त्रिक अभ्यासमा विश्वास गर्ने देश हो।’ 

नेपाली जनताको परिवर्तनको अपेक्षालाई बुझेर नै समस्या समाधानका लागि सात दल र माओवादीबीच सम्बन्ध स्थापित गराउन भूमिका निर्वाह गरेको उनको भनाइ थियो।  

भारतको राजनीतिमा कुशल खेलाडी साबित मुखर्जी संकटमोचन राजनीतिज्ञका रुपमा परिचित थिए। मुखर्जीले नेपालको प्रजातान्त्रिक परिवर्तनमा भारतको सधैं सदिच्छा रहँदै आएको बताएका थिए। 

सन् २००९ मा ‘अल जजिरा’ टेलिभिजनलाई अन्तवार्ता दिने क्रममा उनले नेपालका माओवादी र सात दलबीच दिल्लीमा सहमति गराउन आफूले महत्वपूर्ण भूमिका निर्वाह गरेको खुलासा गरेका थिए। भेटका अवसरमा कतिपय राजनैतिक विषयका राखिएका जिज्ञासाका बारेमा उनले आफूलाई विवादमा नल्याउन आग्रह गरेका थिए।

भारतमा गान्धी विचार र आर्दशको पालना कहिल्यै हुन सकेनन् नि भन्ने स्तम्भकारको जिज्ञासामा उनले भनेका थिए, ‘दुर्भाग्य गान्धीको नामबाट कांग्रेसले चार दशकभन्दा धेरै शासन गर्‍यो तर उनको आर्दशलाई पछउन सकेन।’ गान्धीको आदर्श आजको पुस्तामा पुर्‍याउन आवश्यक रहेको उनले बताएका थिए। निष्ठा र आदर्शविनाको जीवनशैलीले समाजमा अनुशासन कायम नहुने उनको भनाइ थियो। 

उनी भारतको राजनीतिका मात्र नभएर छिमेकी देशसँगै विश्व राजनीतिका ‘इन्साइक्लोपिडिया’ नै मानिन्थे। भारतको राजनीतिमा सत्ता,सदन र सरकारका संयोजनकारी भूमिका निर्वाह गर्न अभ्यस्त थिए। निर्विवादित तरिकाबाट पदीय जिम्मेवारी बहन गर्दै राजनीतिक सत्ताको उच्च पदमा पुगेका मुखर्जी अन्तर पार्टीका नेता तथा कार्यकर्ताका लागि पनि उत्तिकै आदरणीय थिए। राजनीतिमा उनको समवन्यकारी भूमिकालाई भारतमा स्मरण गरिन्छ। उनको संकटमोचकको भूमिका नेपालको राजनीतिमा समेत उपयोग भयो। 

दिल्लीमा भएको १२ बुँदे सम्झौताको जगमा नेपालको ०६३ सालको परिवर्तन भएको हो। साथै नेपाल २ सय४० वर्ष लामो राजतन्त्रलाई विस्थापन गरेर गणतान्त्रिक मुलुक भएको छ। मुखर्जी भारतको राष्ट्रपति पदमा रहेकै बखत सन् २०१६ फेब्रुअरीमा नेपालकी समकक्षी विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आएका थिए। नेपाल सरकार र नेपाली नागरिकले उक्त भ्रमणका बेला गरेको स्वागत र सत्कार विस्मरणीय रहेको उनले भेटका बखत जानकारी गराएका थिए। भारतमा धेरै राष्ट्रपतिलाई रबर (सरकारको एस म्यान) स्ट्याम्पको आरोप लाग्ने गरेको छ, तर उनी उक्त आरोपबाट बँच्न सफल रहे। संवैधानिक पदमा रहँदा विवादमुक्त रहेर उनले निर्वाह गरेको सर्वोच्च पदको जिम्मेवारी र भूमिका नेपालका लागि पनि अनुकरणीय हुन सक्छ।  

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  १७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल?
रेशम चौधरीको उम्मेदवारी खारेज
सम्बन्धित सामग्री
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! नेपालमा हेल्थ क्याम्प गर्ने चलन ठ्याक्कै कहिलेदेखि सुरु भयो भनेर यकिनका साथ ठोकुवा गर्न गाह्रो छ। तर प्रा.डा. हेमाङ्ग दीक्षितले एक ल... शनिबार, भदौ १४, २०८२
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार, माघ ८, २०८२
भारतमा निपाह भाइरस: सीमा नाकामा 'हाइ अलर्ट', कति जोखिममा छ नेपाल? बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु बिहीबार, माघ ८, २०८२
जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने सरकारको निर्णय बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
बालेन शाहले गरे झापा–२ की उम्मेदवार इन्दिरा रानामगरको घरमै पुगेर समर्थन बुधबार, माघ ७, २०८२
एमाले निकट युवा संघ दमक नगरका अध्यक्ष र उपाध्यक्षले छाडे एमाले, बालेनको पक्षमा खुले बुधबार, माघ ७, २०८२
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव पौडेलले दिए राजीनामा बिहीबार, माघ ८, २०८२
रेशम चौधरीको उम्मेदवारी खारेज बिहीबार, माघ ८, २०८२
सानेपामा पहिलोपटक विशेष महाधिवेशनबाट निर्वाचित पदाधिकारीको बैठक बस्दै बिहीबार, माघ ८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेसले अहिलेसम्म टुंग्याएको उम्मेदवारहरु मंगलबार, माघ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्