काठमाडौं-दोलखाको भीमेश्वर नगरपालिका-३ ताथलीकी १८ वर्षीया माया सुनारका हत्यारा २० वर्षपछि पक्राउ परेका छन् ।
मायाकाे हत्यामा संलग्न रही फरार रहेका उनकै श्रीमान अरुणकुमार रिजाललाई महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले पक्राउ गरेको हो।
२०५७ साल भदौ २६ गते मायाको उनकै श्रीमान अरुणले घाँटी थिची हत्या गरेका थिए। काठमाडौं चागल डेरा गरी बस्ने मायाको शव डेरामै फेला परेको थियो।
भदौ १८ गते पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।