डडेल्धुरा- कञ्चनपुरमा दुर्घटना हुँदा राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित भण्डारीसहितका दुई जना घाइते भएका छन्। धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रकले र म २ प ४७०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरू घाइते हुन पुगेका हुन्।
जिल्लाको शुक्लाफाँटा नगरपालिका-१० का राष्ट्रिय क्रिकेट खेलाडी २८ वर्षका भण्डारी र उनका भाइ नाता पर्ने २४ वर्षका करन ठगुन्ना घाइते भएका कञ्चनपु्र प्रहरीले जानकारी दिएको छ।
उनीहरूको झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचार गरी थप उपचारका लागि धनगढी रेफर गरिएको छ। ट्रकका चालक फरार छन् भने ठक्कर दिने ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।