काठमाडौं- कीर्तिपुर नगरपालिका-७ भाजंगलमा डेरा गरी बस्ने ४२ वर्षीय शम्भु चौधरी भनिने शम्भु महतोको हत्या प्रकरणमा तीन जना प्रक्राउ परेका छन्। पक्राउ पर्नेमा शम्भुले भाडामा बस्दै आएको घरका धनी प्रेमकृष्ण महर्जन र उनका दुई छोरा परमेश्वर महर्जन र प्रमोद महर्जन छन्।
पक्राउ परेका तीनै जनालाई कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।
हत्या गरिएका महताको घर भारतको विहार प्रदेश मोतिहारी जिल्ला पूर्वी चमरणग्राम पोस्ट संग्रामपुर हो। भदौ २६ गते दिउँसो १२ बजे पानी थाप्ने विषयमा भएको सामान्य विवादपछि घरधनी प्रेमकृष्णले ढोकामा लगाउने आग्लोले महतोको टाउको र शरीरमा प्रहार गरेका थिए।
गम्भीर घाइते शम्भुलाई उपचारका लागि कीर्तिपुर अस्पताल लगिएको थियो। उनको उपचारकै क्रममा सोही दिन दिउँसो सवा २ बजे ज्यान गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।