दिल्ली -कप्तान फेरिएपछि दिल्ली डेयरडेभिल्स आइपिएल अन्र्तगत शुक्रबारको खेलमा विजयी भएको छ। शुक्रबारको खेलमा दिल्लीले कलकत्ता नाइट राइडर्सलाई ५५ रनले पराजित गरेको हो।
कलकत्तालाई दिल्लीले २ सय २० रनको लक्ष्य दिएकोमा कलकत्ता एक सय ६४ रनमै समेटियो। कलकत्ताका लागि एन्डरी रसेलले सर्वाधिक ४४ रन जोड्नुबाहेक अरुले प्रभावशाली ब्याटीङ गर्न सकेनन्।
कप्तान फेरिएसँगै दिल्लीको ब्याटिङ र बलिङमा सुधार आएको छ। गौतम गम्भीरले कप्तानी छाडेपछि श्रेयास इयरलाई कप्तान बनाइएको थियो। कप्तारी सम्हालेको पहिलो खेलमै इयरले टिमलाई जित दिलाएका छन्।
टस हारेर सुरुमा ब्याटीङ गरेको दिल्लीका ओपनर पुथ्वी शाह र कोलिन मुन्रोले आक्रामक सुरुवात गरेका थिए। शाहले ४४ बलमा ६२ तथा मुन्रोले १८ बलमा ३३ रनको योगदान दिए।
त्यसपछि कप्तान इयरले आक्रामक ९३ रन जोडेपछि दिल्लीले उच्च स्कारे बनाएको थियो। उनले १० छक्कासहित ४० बलमा नटआउट ९३ रन बनाएका हुन्। अन्तिम ओभरमा उनले चार छक्का र एक चौका प्रहार गरेका थिए।
दिल्लीका रिसब पन्त शून्य रनमा आउट भए भने ग्लने म्याक्सवेल २७ रनमा अलआउट भए। एक खेल मात्र जितेको दिल्ली तालिकाको पुछारमा छन। नेपाली खेलाडी सन्दीप लामिछाने समेत आबद्ध दिल्लीमा उनले खेल्ने अवसर भने पाएका छैनन्।
७ खेल खेलिसकेको दिल्लीको यो दोस्रो जित हो। प्रतिस्पर्धाको प्वाइन्ट टेबुलमा अन्तिममा रहेको दिल्ली यो जितसँगै सातौं स्थानमा उक्लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।