काठमाडौं– प्रहरी हवल्दारलाई चक्कु प्रहार गरेर घाइते बनाउने महिला पक्राउ परेकी छन्। शनिबार दिउँसो साढे ४ बजे जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत प्रहरी हवल्दार खडकबहादुर खत्रीमाथि खाजा खाइरहेको बेला चक्कु प्रहार भएको थियो।
सुर्खेती खाजाघरमा खाजा खाइरहेको बेला चिनजानकै एक महिलासँग हवल्दार खत्रीको विवाद भएको थियो। सो क्रममा ती महिलाले हवल्दार खत्रीमाथि चक्कु प्रहार गरेकी थिइन्।
चक्कु प्रहारबाट घाइते हवल्दारको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गरी हाल डिस्चार्ज भइसकेको छ। पक्राउ परेकी महिलाको थप विवरण भने दाङ प्रहरीले सार्वजनिक गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।