बाँके- नेपालगंज उपमहानगरपालिका–१७ परस्पुर बस्ने २३ वर्षीय शत्रुहन रैदासको हत्या भएको छ । रैदासको हत्या आरोपमा उनकै ससुरा सोही उपमहानगरपालिका-२० नटनपुरुवा बस्ने नरेश चमारलगायत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ।
श्रीमती लिन ससुराली पुगेका रैदासलाई ससुरा नरेशले शुक्रबार साँझ कुटपिट गरेका थिए। कुटपिटपछि कन्डाई वृक्ष नामक फल पानीमा घोली खुवाएपछि गम्भीर घाइते भएका रैदासकाे नर्सिंङहोम नेपालगंजमा उपचारका क्रममा मृत्यु भएको हो ।
रैसादको हत्या आरोपमा पक्राउ परेका पाँचजना विरुद्ध कर्तव्य ज्यानको कसुरमा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।