मंगलबारे, इलाम– मनाङ मर्स्याङ्दी क्लब इलाममा जारी चौथो अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
त्रिभुवन आर्मी क्लबलाई १–० गोल अन्तरले हराउँदै मनाङ माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको हो।
मनाङको जीतमा ५८ औँ मिनेटमा अञ्जन विष्टले गरेको गोल नै निर्णायक बन्न पुग्यो । खेलको म्यान अफ दि म्याच मनाङका अञ्जन नै भए । उनले रु १० हजार प्राप्त गरे । शनिबारको खेल एपिएफ क्लब र थ्रीस्टारबीच हुनेछ। प्रतियोगिताको फाइनल खेल यही वैशाख १७ हुनेछ।
प्रतियोगिता यही १७ वैशाखसम्म चल्नेछ। माइभ्याली फुटबल क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताका विजेताले रु छ लाख ६६ हजार ६६ र उपविजेताले रु चार लाख पुरस्कार पाउनेछन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।