• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
शुक्रबार, वैशाख २६, २०८२ Fri, May 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता - विचार
पुराना बिमा कम्पनीले बढी भुक्तानी अवधिको बोनसदर देखाएर गलत प्रचार गरिरहेका छन् : रमेशकुमार भट्टराई [अन्तर्वार्ता]
64x64
अरुण सापकोटा आइतबार, भदौ २८, २०७७  १०:२५
1140x725

सरकारले ९ वटा जीवन बिमा कम्पनी हुँदाहुँदै चार वर्ष अगाडि थप १० वटा कम्पनीलाई लाइसेन्स वितरण गर्‍यो। नयाँ कम्पनी आएसँगै नेपालमा बिमाको पहुँच २४ प्रतिशतसम्म पुग्यो। कोभिड-१९ को प्रभाव अगाडि आक्रामक रूपमा अगाडि बढेका बिमा कम्पनीको व्यापारमा अहिले केही ब्रेक लागेको छ। 

आगामी दिनमा कोभिडका कारण ल्याप्सेस रेसियो बढ्ने आँकलन गरिएको छ। समग्र बिमा क्षेत्रका विषयमा सबैभन्दा कान्छो बिमा कम्पनीको रूपमा रहेको महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईसँग नेपाल लाइभका अरुण सापकोटाले गरेको कुराकानीको संपादित अंशः

सबैभन्दा पछाडी कम्पनी आयो। तपाईंले व्यवसाय सुरु गरेको केही समयमै पुराना कम्पनीलाई उछिन्नुभयो। यो कसरी सम्भव भयो?
महालक्ष्मी लाइफमा अहिलेको समूह एकदमै खारिएका र अनुभवी छन्। ठूला-ठूला बिमा कम्पनीमा २० औँ वर्षदेखि काम गरिरहेका हुनुहुन्छ। म आफैँ पनि बैंक तथा बिमा क्षेत्रमा ३० वर्षभन्दा धेरै समयदेखि छु। हाम्रोमा जुन टिम छ ती सबै बिमा क्षेत्रका अनुभवी र यस क्षेत्रमा दत्तचित्त भएर लाग्नु भएका व्यक्तित्व हुनुहुन्छ। 

हामीले पहिले पनि अन्य बिमा कम्पनी चलाइसकेकाले बिमाको समस्या के हो, कहाँ गयौँ भने बिमा गर्न सकिन्छ भन्ने अनुभव भएका कारण छोटो अवधिमै आक्रामकरूपमा अगाडि बढ्यौँ। बजारले हाम्रो ब्राण्डिङ तथा गुडविल र अनुभवलाई स्वीकार गरेको अवस्थाले गर्दा हामीले राम्रो व्यापार गर्‍याे। 

जीवन बिमा कम्पनीलाई हेर्ने प्रमुख सूचकहरू प्रथम बिमा शुल्क, जीवन बिमा कोषलगायत ५/६ वटा सूचकमा हामीले ५/६ वटा कम्पनीलाई उछिनिसकेका छौँ। हाम्रो टिमको स्पिरिट तथा अनुभवले गर्दा यो उपलब्धी हासिल गरेका हौं। 

जीवन बिमामा कम्पनीको मूल्याकंन गर्दा बार्षिक कति व्यापार गर्‍यो भन्दा पनि बित्तिय सूचकांक कति राम्रो छ भनेर हेर्नुपर्छ

हामी धेरै संघर्ष गरेर अरुभन्दा डेढ बर्षपछि आयौँ। अरुभन्दा पृथक र केही नयाँ गरेर देखाउने जुनुन र प्रतिबद्धता थियो। अनुभवी, इमान्दार र गर्ने साहस भएको टिम थियो। बजारभन्दा फरक प्रडक्ट र नया एजेन्सी सिस्टम लिएर आक्रामक रूपमा लाग्यौं। छोटो समयमा बजारको विश्वास जित्न सफल भयौँ र राम्रो व्यापार गर्‍यौँ।

गएको आर्थिक वर्ष २०७६/७७ मा नयाँ ब्यापार, जीवन बिमा कोष, खुद मुनाफा, कम ब्यवस्थापन खर्चलाई हेर्दा धेरै कम्पनीभन्दा माथि छौं। अझ प्रति शाखा नया ब्यवसाय र कुल बिमा शुल्कमा जीवन बिमा कोषको अनुपातलाई हर्ने हो भने हामी धेरै अगाडि छौं। जीवन बिमामा कम्पनीको मूल्याकंन गर्दा बार्षिक कति व्यापार गर्‍यो भन्दा पनि बित्तिय सूचकांक कति राम्रो छ भनेर हेर्नुपर्छ। त्यो मानेमा हामी अब्बल छौं भनेर दाबी गर्न सक्छौं।

Ncell 2
Ncell 2

अनुभवका हिसाबले यहाँभन्दा अगाडि धेरै कम्पनीमा काम गरिसक्नु भएका जनशक्ति त ल्याउनु भयो तर नयाँ कम्पनीलाई व्यवसाय विस्तार गर्न कत्तिको चुनौती रहेछ?
पुराना स्थापित र बलिया कम्पनीको नेटवर्किङ र पहुँचसँग प्रतिस्पर्धा गर्नु सबैभन्दा ठूलो चुनौती छ। जनचेतनाको कमी अर्को समस्या छ। मान्छेको जीवनमा कोरोना कालमा जति अनिश्चितता कहिल्यै देखिएन। बाँच्ने परिवारको भविष्य सुरक्षित गर्न जीवन बिमा गर्नुपर्ने हो तर मानिस शेयर बजारमा झुम्मिएका छन्।

नेपालीलाई भविष्य सुरक्षित गर्नुभन्दा जसरी पनि अहिलेलाई नै पैसा चहिएको छ। यो जनचेतनाकै कमी हो। त्यसैगरी अस्वस्थ प्रतिस्पर्धा अर्को ठूलो समस्याको रूपमा देखिएको छ। पुराना नयाँ सबै कम्पनी जे जसरी भए पनि नयाँ व्यापार वृद्धि गरेर जागिर टिकाउनतिर लागेका छन्। प्रुडेन्ट नर्म्स, कम खर्च तथा गुणस्तरीय व्यापारतिर कसैको चासो छैन। यो पनि सही काम गर्न खोज्ने कम्पनीलाई व्यवसाय विस्तारमा समस्या देखिएको छ। 

हामीले अभिकर्ताहरूलाई जुन हिसाबले व्यावसायिक रूपमा तयार पार्नुपर्ने थियो त्यो गर्न सकेका छैनौ। सरकारले पनि जीवन बिमालाई प्राथमिकतामा राखेको छैन। 

shivam cement

shivam cement

नयाँ जीवन बिमा कम्पनीले जुन व्यापार गरेका छन् त्यो धेरै राम्रो छ। तर पुराना कम्पनीहरूको अभिकर्तामा आधारित व्यवसाय भएकाले उनीहरूको नेटवर्किङ ठूलो छ। नयाँ कम्पनीले त्यति धेरै ठूलो एजेन्टको नेटवर्क बनाउन सकेका छैनन्। त्यसैले गर्दा नयाँ जीवन बिमा कम्पनीलाई केही समस्या देखिएको जस्तो लाग्छ। तर दुई तीन वर्षको प्रस्तुति हेर्दा धेरै त्यस्ता खालका चुनौती देखिँदैन। हामीले अभिकर्ताहरूलाई जुन हिसाबले व्यावसायिक रूपमा तयार पार्नुपर्ने थियो त्यो गर्न सकेका छैनौ। सरकारले पनि जीवन बिमालाई प्राथमिकतामा राखेको छैन। 

प्रतिस्पर्धात्मकरूपमा उत्रिँदै गर्दा नयाँ कम्पनीको भन्दा पुराना बिमा कम्पनीको बोनसदर धेरै हुन्छ। कतै यस कारणले नयाँ बिमा कम्पनीलाई व्यापार विस्तार गर्न गाह्रो परेको पो हो कि? 
विदेशी मुलुकका जीवन बिमा कम्पनीलाई हेर्ने हो भने तिनीहरूले सुरक्षालाई पहिलो प्राथमिकता दिएका हुन्छन्। हाम्रोमा सुरक्षाभन्दा पनि प्रतिफललाई बढी प्राथमिकता दिने ट्रेण्ड बसेको छ। यसले गर्दा पुराना बिमा कम्पनीहरूले बोनस दरलाई बजार विस्तारको हतियार बनाइरहेका छन्। जीवन बिमामा जहिले पनि हामीले हेर्ने हो भने उसले जोखिम कति बेहोर्न सक्छ, उसले दिने सुविधाहरू के-के हुन्, यसलाई हेर्ने हो। प्रतिफल अन्त्यमा हेर्ने हो। हाम्रोमा पहिला प्रतिफललाई नै हेर्ने गरिएको र पुराना बिमा कम्पनीले सबैभन्दा धेरै बोनस दर भन्दै प्रचार गरिरहेका छन्। 

ठूला कम्पनीले बिक्री गरेका पोलिसीलाई हेर्‍याे भने २५/३० वर्षका पोलिसी जम्मा १ प्रतिशत हाराहारीको मात्रै हुन्छ। एकदमै नगन्य हुन्छ। तर ती कम्पनीले जनतालाई बढी आकर्षित गर्नका लागि चाहिनेभन्दा धेरै प्रचार गरिरहेका छन्।

हाम्रोमा सबैभन्दा धेरै ६० देखि ७० प्रतिशत १५ देखि १६ वर्षको इन्डाउमेन्ट पोलिसी बिक्री हुन्छ। तर पुराना बिमा कम्पनीले २५/३० वर्षमा पाउने सबैभन्दा धेरै बोनसदरलाई लिएर प्रचार गरिरहेका छन्। सामान्यतया कसैले पनि २५ देखि ३० वर्षको पोलिसी किन्दा पनि किन्दैन र बेच्दा पनि बेच्दैन। ठूला कम्पनीले बिक्री गरेका पोलिसीलाई हेर्‍यो भने २५/३० वर्षका पोलिसी जम्मा १ प्रतिशत हाराहारीको मात्रै हुन्छ। एकदमै नगन्य हुन्छ। तर ति कम्पनीले जनतालाई बढी आकर्षित गर्नका लागि चाहिनेभन्दा धेरै प्रचार गरिरहेका छन्। 

नयाँ कम्पनीको बोनसदर कम छ। यसले गर्दा नयाँ कम्पनीलाई व्यापार विस्तार गर्न अप्ठेरो पारिरहेको स्वभाविक हो। बिमालाई हामीले जोखिमको क्षेत्रबाट हेर्ने हो। 'भोलिको अनिश्चिततामा परिवारलाई कसरी बचाउने हो' भन्ने कुराहरू बुझाउदैँ गयौँ भने हामीले राम्रो व्यापार गर्न सक्छौँ र भविष्यमा बोनस दरले त्यति धेरै असर नगर्ला।

बिमाको पहुँच ६ प्रतिशतको हाराहारी हुँदा १० बिमा कम्पनी थपिए। दुई वर्षको अन्तरालमा जीवन बिमा व्यवसायमा पुरानाले ८२ प्रतिशत ओगट्दा नयाँको १८ प्रतिशतमात्रै देखियो। यति धेरै खाली बजारमा नयाँले खासै आफ्नो स्थान ओगट्न सकेनन्। किन होला?   
त्यस्तो होइन। तपाईंले २० वर्षको जवान केटालाई तीन वर्षको केटासँग तुलना गर्नुहुन्छ भने फरक देखिनु स्वाभाविक हो। २० वर्षदेखि व्यवसाय गर्दै आएका कम्पनीको अभिकर्ताको सञ्जाल धेरै ठूलो भइसकेको छ। प्रडक्टमा खासै फरक छैन तर उनीहरूको अभिकर्ता कम्पनीप्रति डेडिकेटेड भइसकेका छन्। तर नयाँलाई अभिकर्ताको सञ्जाल बनाउन नै समय लागिरहेको छ। उनीहरूले मेहनेत गरिरहेका छन्। 

यदि तपाईँले पुराना जीवन बिमा कम्पनीको पहिलो तीन वर्षको प्रस्तुति र अहिले आएका नयाँ जीवन बिमा कम्पनीको पहिलो तीन वर्षलाई हेर्नुभयो भने पुराना कम्पनीले भन्दा १० गुणा बढी व्यापार गरिरहेका छन्। २० वर्षदेखि व्यापार गरिरहेका कम्पनीको नवीकरणसहितको प्रिमियम जोडेर हेरियो भने धेरै ठूलो ग्याप देखिन्छ। नयाँ आएका कम्पनीको त भर्खर तीन वर्ष भएको छ। अझ महालक्ष्मी आएको डेढ वर्ष भयो। 

विगतमा बिमितको जुन किसिमको क्रय शक्ति थियो त्यही आधारमा भविष्यमा तिर्न सक्छु भनेर बिमा गरेको थियो। कोभिडले उसको आम्दानीको स्रोत पनि घट्यो र बचत पनि नभएको अवस्थामा नवीकरण हुँदैन कि भन्ने चिन्ता छ। नवीकरण नहुँदा ल्याप्सेस रेसियो बढ्न सक्छ।

अहिले नयाँ आएका १० कम्पनीको व्यापार हेरियो भने पुरानाले सुरुमा गरेको व्यापारभन्दा धेरै राम्रो छ। उनीहरूले अबको ५ वर्षपछि पुरानालाई टक्कर दिएर जान्छन्। यो ग्याप नभएर नयाँ कम्पनीले राम्रो काम गरिरहेका छन् भन्ने संकेत हो।

सुरुवातदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका नयाँ जीवन बिमा कम्पनीलाई कोभिड १९ ले थप बजार विस्तारमा कत्तिको असर पर्ने देखिन्छ?
निश्चितरूपमा कोभिडले सबै क्षेत्रलाई असर गरेको छ। सँगै बिमाको बजारलाई पनि असर पुर्‍याएको छ। आजका दिनमा ५४/५५ वटा जिल्ला बन्द जस्तै छ। अधिकांश स्थानीय निकायहरूले निषेधाज्ञा जारी गरेका छन्। अहिले मानिसको मुभमेन्ट नै छैन। अरु क्षेत्र प्रभावित भए जस्तै बिमा क्षेत्र पनि प्रभावित भएको छ। बिमामा जहिले पनि ४० प्रतिशत व्यवसाय चैतसम्म र बाँकी ६० प्रतिशत बैशाख, जेठ, असारमा भइरहेको हुन्छ। अहिले अवरोध देखिए पनि एक/दुई महिनामा कोभिडको असर कम भयो र मुभमेन्ट भयो भने यस अगाडिकोलाई पनि पिकअप गर्नेछ। 

मानिसहरूको मुभमेन्ट नहुँदा कार्यालय बन्द छ। हामी आफैँ एकदिन बिराएर अफिस आएका छौँ। अभिकर्ता घरमै छन्। कर्मचारी घरमै छन्। सरकारले मानिसलाई हिँड्न दिएन। अहिलेलाई असर गरेको छ तर यो आर्थिक वर्षको बाँकी समयमा कभर गर्छ। 

कोभिड १९ बढ्दै गर्दा मानिसहरूको खर्च गर्ने क्षमता घट्दै जान्छ। यसले पोलिसीको ल्याप्सेस रेसियोलाई कत्तिको असर गर्छ? 
अहिले हामीलाई सबैभन्दा धेरै चिन्ताको विषय भनेको पोलिसीको नवीकरण हुन्छ कि हुँदैन भन्ने हो। विगतमा बिमितको जुन किसिमको क्रयशक्ति थियो त्यही आधारमा भविष्यमा तिर्न सक्छु भनेर बिमा गरेको थियो। कोभिडले उसको आम्दानीको स्रोत पनि घट्यो र बचत पनि नभएको अवस्थामा नवीकरण हुँदैन कि भन्ने चिन्ता छ। नवीकरण नहुँदा ल्याप्सेस रेसियो बढ्न सक्छ। 

यस्तो अनिश्चितताको समयमा हामीले बिमितलाई तीन छाकको ठाउँमा दुई छाक खाउँ र बिमाको प्रिमियम तिर भन्न सक्नुपर्छ।

ल्याप्सेस कसरी रोक्न सकिन्छ भनेर हामी पनि चिन्तित छौँ। हामीले निरन्तररूपमा बिमितलाई पछ्याउने तथा मोटिभेट गर्ने काम गर्नुपर्ने हुन्छ। जतिबेला जीवनको अनिश्चितता बढी हुन्छ त्यति नै बिमाको महत्व बढ्छ। सायद मानिसको जीवनमा आजको दिनमा जस्तो अनिश्चितता कहिल्यै पनि थिएन होला। आज संसारलाई कोभिडले जसरी असर गरिरहेको छ हिजोका दिनमा थिएन। यस्तो अनिश्चिताको समयमा हामीले बिमितलाई तीन छाकको ठाउँमा दुई छाक खाउँ र बिमाको प्रिमियम तिर भन्न सक्नुपर्छ। किनभने भोलि कुनै पनि दुर्घटना भयो भने तिम्रो परिवारलाई सहारा दिने भनेको बिमा नै हो। 

हामीले अहिले यहीँबाट अभिकर्ता बिमितलाई फोन गरिरहेका छौँ। व्यक्तिगतरूपमा फलो गर्दा हाम्रो नवीकरणअन्तर्गतको बिमा शुल्क धेरै राम्रो आएको छ। सबैभन्दा ठूलो चिन्ता यसले ल्याप्सेस बढ्छ र भोलिका दिनमा गएर सरेन्डर पनि बढेर जान्छ। 

ल्याप्सेस बढ्न सक्ने जोखिमलगायतका कुराहरूलाई मध्यनजर गर्दै नियामक तथा सरकारले बिमा क्षेत्रमा कस्ता किसिमका राहत प्याकेज ल्याउनु पर्ला? 
लकडाउन र निषेधाज्ञाले आर्थिक गतिविधि शून्य छ। प्रायः नेपाली घरमा बस्न बाध्य छन्। क्रय शक्ति र बचत नभएकोले बिमा शुल्क भुक्तानी गर्न समस्या नै छ। सबै कम्पनीको नवीकरण बिमा शुल्क उठ्ने क्रम घटेको छ। यसमा सुधार गर्नका लागि समग्रमा आर्थिक गतिविधि बढ्ने किसिमका राहत प्याकेज ल्याउनुपर्छ। 

अर्कोतर्फ बिमामा बैंकहरूले दिएको जस्तो छुट तथा राहत प्याकेज दिन त्यति सजिलो छैन। राहतको रूपमा बिमा समितिले यस अगाडि निर्देशिकामार्फत् कोभिडका कारण प्रिमियम भुक्तानी गर्न नसक्ने बिमितलाई समय थप गरिदिएको छ। विलम्ब शूल्क तिर्नु नपर्नेजस्ता व्यवस्थाले केही राहत दिएको छ। बिमा समितिले दिएको निर्देशनअनुसार नै लकडाउनको अवधिमा तिर्न नसक्ने बिमितसँग विलम्ब शुल्क लिएनौँ। 

एजेन्टहरूको लाइसेन्स नवीकरणको लागि पनि बिमा समितिले समय थप गरिदियो। यसबाहेक बैंक तथा वित्तीय संस्थाले जस्तो प्रिमियममा छुट दिन सम्भव छैन। अहिले पनि बिमा समितिले बिलम्ब शूल्क नलिनु भनेको छ। त्यहीअनुसार हामी बिलम्ब शूल्क लिँदैनौ। अरु हिसाबले राहत दिन सकिदैन। 

नेपालको बजारमा १९ वटा जीवन बिमा कम्पनी अलि धेरै भएन? 
तपाईँले भनेको कुरा एकदमै सही हो। तर मेरो मान्यता के छ भने कुनै पनि क्षेत्रको विकासको लागि या त्यो कार्यक्रम अधिकतम जनतामा पुर्‍याउनका लागि 'मसरुमिङ ग्रो' (च्याउ उम्रिए जस्तै) हुनैपर्छ। हिजोका दिनमा राष्ट्र बैंकले लाइसेन्स बाँड्यो भनेर धेरैले भने। त्यस अवधिमा अवान्छित फाइदा पनि लिए होलान्, लिएनन् होलान्। त्यो आफ्नो पाटोमा छ। त्योबेला विकास बैंक, फाइनान्स र बाणिज्य बैंकलाई लाइसेन्स दिएकै कारणले आज बैंकहरू गाँउ गाँउ घर घर पुग्न सकेका छन्। 

अहिले पनि बैंकको पहुँच ६० प्रतिशत जनतामा मात्रै पुगेको छ। यदि लाइसेन्स नदिएको भए यो पनि पुग्दैन थियो। बिमा क्षेत्रमा पनि हिजोका दिनमा ९ वटा कम्पनीले मात्रै काम गर्दा बिमाको पहुँच ६ प्रतिशतमात्रै थियो। एकैपटक १० वटा कम्पनी थपिँदा धेरैले आलोचना पनि गरे। तर नयाँ १० कम्पनी आक्रामक रूपमा आए। यसका कारण पुरानालाई पनि आक्रामक रूपमा आउनुपर्ने बाध्यता बन्यो। जसले गर्दा आजका दिनमा बिमाको पहुँच २२/२३ प्रतिशतभन्दा माथि पुगेको छ। यो त ठूलो उपलब्धि हो नि। 

प्रतिस्पर्धाले गर्दा बिमाको पहुँच ७७ वटै जिल्लाको धेरै वटा गाउपालिका तथा नगरपालिकामा पुग्न सफल भएको छ। यसलाई हामीले सकारात्मक रूपमा लिनु पर्छ। 

त्यसैले १९ वटा आफैंमा नेपालको सानो बजार अनुसार धेरै हो। तर पनि यसको उज्यालो पक्ष प्रतिस्पर्धाले गर्दा बिमाको पहुँच ७७ वटै जिल्लाको धेरै वटा गाउपालिका तथा नगरपालिकामा पुग्न सफल भएको छ। यसलाई हामीले सकारात्मक रूपमा लिनु पर्छ। 

कम्पनीहरू आक्रामक रूपमा प्रस्तुत हुँदै गर्दा एक तहसम्म व्यवसाय गर्छन्। यसको वृद्धिदर पनि निश्चित विन्दुसम्म पुग्नेछ र स्याचुरेट हुनेछ। त्यसैले बिमा कम्पनीहरूको मर्जर प्रकृया कहिलेदेखि सुरु गर्दा उपयुक्त होला? 
एक तहसम्म बिमाको पहुँच बढाउनका लागि 'मसरुमिङ ग्रो' जरुरी थियो। तर अबको एक दुई वर्षपछि प्रकृया सुरु गर्दा हुन्छ। नयाँ कम्पनी आएको धेरै भएको छैन। उनीहरूको क्षमता हेर्नका लागि प्रस्तुति हेर्नका लागि कम्तिमा तीन चार वर्ष चाहिन्छ। अझै आइपिओमा गइसकेका छैनन्। उनिहरूले लाभांस खुवाउन सकेका छैनन्। 

जब-जब कम्पनी म्याचुअर्ड हुँदै जान्छन् र बजार पनि स्याचुरेट हुँदै जान्छ र उनीहरूले आफ्नो व्यवसायलाई विशिष्टिकृत गर्दै लैजानुपर्ने हुन्छ। त्यो बेलामा मर्जर आवश्यक पर्छ। कन्सोलिडेसनको आवश्यकता पर्दै गएपछि मर्जर गर्नैपर्ने हुन्छ। संख्या कम भएपछि गुणस्तर पनि बढ्छ र अस्वस्थ प्रतिस्पर्धा तथा विकृतिहरू पनि न्यूनीकरण हुँदै जान्छ। त्यसैले नेपालको बिमा बजारमा पनि मर्जर आवश्यक छ। यसलाई जति सक्दो छिटो गर्न सक्यो यसले बिमितहरूलाई गुणस्तरीय सेवा दिन सक्छ भन्ने मेरो मान्यता रहेको छ। 

त्यसोभए नेपालको बिमा बजारमा कतिवटा कम्पनी भए पुग्छ?
१३० करोड जनसंख्या भएको भारत जस्तो विशाल देशमा २४ वटा जीवन बिमा कम्पनी छन्। अनि तीन करोड जनसंख्या भएको हाम्रो देशमा १९ वटा कम्पनी छन्। तपाईँ आफैँ कति चाहिन्छ भनेर अन्दाज गर्न सक्नुहुन्छ। तर कति वटा कम्पनी आवश्यक पर्छ भनेर कुनै यथार्थपरक अध्ययन त छैन। नेपालको सन्दर्भमा, अबको केही वर्षपछि १९ वटा जीवन बिमा कम्पनी आवश्यक होइन, अहिलेसम्मको बिमाको पहुँच कम्पनीहरूको शाखा विस्तार र कारोबारलाई हेर्दा भविष्यमा ५ देखि ६ वटा भन्दा बढी चाहिँदैन। 

सेवाको गुणस्तर बढाउने भन्दै गर्दा बिमितले दाबी पाउने तथा बिमा गर्ने कुरामा पनि डिजिटलाइज हुने बेला भएन? 
कोभिडका कारण सबै कुरा कागजविहीन हुँदै गएका छन्। जसले गर्दा सबैलाई अनलाइनमा अभ्यस्त हुन बाध्य पारियो। लकडाउनको अवधिमा तीन-चार महिना बन्द भएको शेयर बजार अहिले अनलाइन कारोबारका कारण यत्रो निषेधाज्ञाको समयमा पनि कारोबार बढिरहेको छ। 

बैंक र शेयर बजारमा जस्तै बिमा क्षेत्रमा सिधै डिजिटलाइज गर्न सकिँदैन। कसैको बिमा गर्नु पर्‍यो भने अण्डराइटिङ गर्नुपर्ने हुन्छ। अण्डराइटिङमा उसको किस्ता तिर्न सक्ने क्षमता छ कि छैन। उसको आम्दानीको स्रोत कति छ। उसको स्वास्थ्य अवस्था कस्तो छ। उसको जीवनमा जोखिमहरू कति छन्। यी सबै हेरेरमात्रै बिमा गरिन्छ। 

अहिले तीन लाख रुपैयाँसम्मको लघुबिमा गर्दा अण्डराइटिङ गर्नु नपर्ने भनिएको छ। यसलाई हामीले अनलाइनबाटै सेवा दिन सक्छौँ। तर पनि बिमा ऐनले अनलाइन कारोबारलाई वैधानिक मान्दैन। बिमा समितिले ड्राफ्ट गरेर पठाएको नयाँ ऐनले समेट्न सक्नेछ। 

कोभिडका कारण ग्राहकहरूले आफूलाई आवश्यक पर्ने जति पनि सामान छ ती सबै अनलाइनबाट खरिद गर्न थालेका छन्। तर बिमा त्यो हिसाबले जान सक्दैन। ऐन आइसकेपछि बिमा समितिले आज तीन लाख भनेको छ भोलि ५ लाख रुपैयाँसम्मको बिमालाई अनलाइनबाट गर भन्न सक्ला। 

अहिले अभिकर्ताले आवश्यक डकुमेन्ट फोटो खिचेर पठाउछन्। त्यसलाई हामी प्रणालीभित्र इन्ट्रि गर्छौ। यसलाई हामी अनलाइन भन्न सक्दैनौ। अनलाइन भनेको त बिमितले अनलाइनबाट दिएको जानकारी कम्पनीले ओके भनेर खाताबाट पैसा काटिने हुनु पर्छ। त्यसपछि अनलाइन बिमाको महत्व रहन्छ। यस्तो अवस्था अहिले छैन। यसका लागि बिमा ऐन बाधक छ। अर्कोतर्फ सम्पुर्ण बिमा अनलाइनबाट गर्नै सकिदैन। संसारभर अण्डरराइटिङ नगरिकन बिमा गर्नै सकिँदैन। पूर्णरूपमा अनलाइनमा लान पनि सकिदैन र बिमा समितिले चाह्यो भने निश्चित रकमसम्मको लागि अनलाइन बिमा गराउन सकिन्छ। 

तपाईंहरूको व्यवसाय ल्याउने फ्रन्टलाइनमा अभिकर्ता हुन्छन्। उनीहरूले बिमितलाई उचित परामर्श दिएर कन्भिन्स गरेर बिमा ल्याउनु पर्ने हुन्छ। एक किसिमले भन्ने हो भने उनीहरू व्यावसायिक परामर्शदाता हुन्। तर जम्मा एसएलसी पास गरेको सामान्य व्यक्तिले पनि यस्तो काम गर्दा व्यावसायिकतामाथि प्रश्न उठ्दै आएको छ। अब अभिकर्तालाई कसरी व्यावसायिक बनाएर लैजान सकिएला ?  
यो एकदम सही कुरा हो। बिमा समितिले सिस्टम त बनाउन खोजेको छ। अभिकर्ताका गि तीन दिनको कोर्ष बनाएको छ। तर हिजोका ऐनमा एसएलसी पासमात्रै गरेको व्यक्ति अभिकर्ता हुने व्यवस्था गरियो। त्यतिबेला बिमाको बजार एकदमै सानो थियो। बिमाको सानो बजारलाई हेरेर र बिमाप्रतिको आकर्षण नभएकाले एसएलसी पास गरेकालाई नै लिएर जाने परिकल्पना गर्‍याे। धेरै पढेको खोज्दा नपाइएला भनेर त्यतिमै उचित ठानियो होला। 

अहिले एसएलसी पास गरेका अभिकर्ता नै धेरै सहभागी छन्। उनीहरूको सोच्ने क्षमता तथा  ग्राहकलाई मनाउन सक्ने क्षमता धेरै हुँदैन। अर्कोतर्फ उनीहरूलाई हामीले त्यो तहसम्म तयार पार्न पनि सकेका छैनौ। सबैभन्दा कमी के छ भने जीवन बिमा क्षेत्रमा अभिकर्ता व्यवासायिक हुन सकेका छैनन्। 

अभिकर्तालाई दक्ष बनाउन नसक्नु उसलाई व्यावसायिक रूपमा तयार पार्न नसक्नु बिमा कम्पनीकै कमजोरी हो। समयले यसलाई पनि निखार्दै लैजान्छ। 

अहिले जति पनि कम्पनीमा अभिकर्ता व्यावसायिकरूपमा उत्रिएका छन् ती कम्पनीले राम्रो व्यापार गरेका छन्। उसले राम्रो आम्दानी पनि गरेको छ। हामी मास लेभलमै अभिकर्ता बनाउन खोज्छौ। यसले गर्दा क्वालिटीको अभिकर्ता तयार पार्न सकेका छैनौं। 

कोभिडका बेलामा महालक्ष्मीले हरेक दिन अभिकर्ताहरूलाई तालिम दिइरहेका छौं। हरेक दिन दुई वटा तालिम गरिरहेका छौं। एउटा कर्मचारीलाई, अर्को अभिकर्ताहरूलाई। कोभिडले व्यापार नभए पनि अभिकर्ता तथा कर्मचारीलाई व्यावसायिक बनाउने अवसर दिएको छ। यो तालिमलाई निन्तर रूपमा अगाडि बढाइरह्यौं भने व्यावसायिक अभिकर्ता उत्पादन हुनेछ। जति धेरै व्यावसायिक अभिकर्ता हुन्छ व्यवसाय पनि त्यति नै गुणस्तरको हुन्छ। विगतका जुन किसिमका गलत घटना भए त्यस्ता घटनामा पनि न्यूनीकरण हुन्छ। अभिकर्तालाई दक्ष बनाउन नसक्नु उसलाई व्यावसायिक रूपमा तयार पार्न नसक्नु बिमा कम्पनीकै कमजोरी हो। समयले यसलाई पनि निखार्दै लैजान्छ। 

महालक्ष्मीको आइपिओको तयारी के हुँदैछ? 
१२ महिनाको वित्तीय विवरण नभइकन आवेदन पनि दिन नपाइने धितोपत्र बोर्डकाे अव्यावहारिक नियमका कारणले गर्दा हामीलाई समस्या भएको छ। अरु बैंक र बिमामा फरक के छ भने बिमाको एक्चुरियल भ्यालुएसन गराउनु पर्छ। एक्चुरियल भ्यालुएसन गराउनका लागि नेपालमा कोही पनि छैनन्। विदेशबाट एक्चुरियल भ्यालुएसन गराएर ल्याउनु पर्छ। यसका लागि समय लाग्छ। विदेशी मान्छेहरूबाट एक्चुरियल भ्यालुएसन गरे पछि बिमा समितिमा दिनु पर्छ। बिमा समितिले पनि विदेशी कन्सल्टेन्टकहाँ पठाउछ। एक्चुरियल भ्यालुएसनको कारणले वित्तीय विवरण स्वीकृत गर्न ९ महिनादेखि एक वर्ष लाग्छ। 

एकातिर धितोपत्र बोर्डको १२ महिनाको व्यालेन्स सिट नभइकन आइपिओका लागि निवदेन दिनै पाइन्न। अर्कोतर्फ एक्चुरियल भ्यालुएसन गराएर वित्तीय विवरण पास गर्न मोटामोटी एक वर्ष लाग्ने भएकाले पहिलेका १० कम्पनीमध्ये एउटाले मात्रै आइपिओ निष्काशन गर्न सक्यो। बाँकीले सकेका छैनन्। महालक्ष्मीले यो गएको असारमा एक वर्षको वित्तीय विवरण तयार पार्न सक्ने भएकाले छिटो भन्दा छिटो एक्चुरियल भ्यालुएसन गरेर अब आउने असारभित्र आइपिओ निष्काशन गर्नेछ। 

प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  १०:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
अरुण सापकोटा
सापकोटा नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
४ करोड रुपैयाँसम्म तलबभत्ता बुझ्छन् बैंकका सिइओ, कसको कति?
केही बैंकको बदमासी रोक्न बैंकिङ क्षेत्रमै 'माइक्रो-म्यानेजमेन्ट'!
८ अर्बको आइपिओपछि पूर्वाधार बैंकले २ खर्बभन्दा बढी लगानी गर्ने हैसियत बनाउँछ : भुपेन्द्र पाण्डे [अन्तर्वार्ता]
सम्बन्धित सामग्री
खानी र पानी एकैठाउँमा चल्दैन : गोकुल बाँस्कोटा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता एवं प्रतिनिधिसभा सदस्य गोकुलप्रसाद बाँस्कोटाले पछिल्लो विपद्बाट क्षतिग्रस्त संरचनाको पुनःनिर्... सोमबार, असोज २८, २०८१
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाः मुख्य बुँदा र प्रभाव लघुवित्तका ॠणीहरुहरुले तत्कालको भुक्तान बोझलाई केही पर सार्न सक्नेछन् र लघुवित्तको खराब कर्जा व्यवस्थापनमा केही सहजता हुनेछ। यसले लघ... शनिबार, वैशाख ३०, २०८०
ठूला र नयाँ आयोजना ल्याउन स्रोतले भ्याउने अवस्था छैन : डा मीनबहादुर श्रेष्ठ [अन्तर्वार्ता] आगामी आर्थिक वर्ष सम्भवतः हामीले ठूला नयाँ आयोजना गर्न सक्दैनौंँ । किनभने हाम्रो स्रोतले भ्याउन सक्ने अवस्था छैन । अर्थतन्त्रमा बाह्... बुधबार, माघ ११, २०७९
ताजा समाचारसबै
भारत-पाकिस्तान सीमा क्षेत्रमा पुनः गोलाबारी सुरु शुक्रबार, वैशाख २६, २०८२
नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सगरमाथा संवादको अन्तिम तयारीमा छौँ : परराष्ट्रमन्त्री शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सुरक्षासम्बन्धी निर्देशन पालना गर्न भारतमा रहेका नेपालीलाई दूतावासको आग्रह शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
अमेरिकी राजदूतलाई पाकिस्तानले भन्यो : भारतले सबै अन्तर्राष्ट्रिय कानुन उल्लंघन गर्‍यो शुक्रबार, वैशाख २६, २०८२
पहलगाम घटनामा पाकिस्तानलाई आरोपित गरी भारतले आक्रमण गर्न मिल्दैन : देव गुरूङ बिहीबार, वैशाख २५, २०८२
ललितपुर महानगरपालिकामा भोलि सार्वजनिक बिदा बिहीबार, वैशाख २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पेट्रोलियम गाडीमा युरो ६ लागू गरिने शुक्रबार, वैशाख १९, २०८२
वामपन्थी नेता प्रदीप नेपालको निधन मंगलबार, वैशाख २३, २०८२
पाकिस्तानले हवाई क्षेत्र बन्द गर्दा एयर इन्डियालाई ५० अर्ब घाटा शुक्रबार, वैशाख १९, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्