काठमाडौं–नेकपा स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले स्थायी कमिटी बैठकले एकताको बाटो रोजेको भन्दै खुसी व्यक्त गरेका छन्।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै पोखरेलले सहमति छोडेर जान खोज्दा समस्या भएको औल्याएका छन्।
‘दुई पार्टीबीच एकता समस्या थिएन र होइन। समस्या त सहमति छाडेर समीकरणमा जान खोज्दा भयो,’ पोखरेलले फेसबुकमा लेख्दै भनेका छन्, ‘हिजोको बैठकले एकताको बाटो रोजेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।