काठमाडौं- काठमाडौंको कीर्तिपुर नगरपालिका-७ भाजंगालमा आफ्नै घरबेटीले भाटाले हानी घाइते बनाएका भाडावाल बाराका शम्भु चौधरीको मृत्यु भएको छ। शुक्रबार दिउँसो आफ्नै घरबेटी प्रेमकृष्ण महर्जनसँग विवाद भएपछि झगडा हुँदा घाइते भएका चौधरीको कीर्तिपुर अस्पतालमा मृत्यु भएको हो।
४८ वर्षीय चौधरीको उपचारका क्रममा दिउँसो सवा २ बजे मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
हाल उनको शव त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमका लागि पठाइएको छ। चौधरीको शरीरमा बाहिरी चोटपटक देखिएको थिएन। तर उनी बोल्न नसक्ने अवस्थामा उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।
घरधनी महर्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।