काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठकले लिम्पियाधुरा, कालापानी, लिपुलेकलगायत क्षेत्रमा देखिएको सीमा विवाद कूटनीतिक वार्तामार्फत् समाधान खोज्ने निर्णय गरेको छ।
भारतसँग कूटनीतिक वार्ताबाट नेपालको सार्वभौकिता र खण्डताको पक्षमा वार्ता गर्ने निष्कर्ष निकालेको पार्टीका प्रवक्तासमेत रहेका स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिएका हुन्।
लिम्पियाधुरालगायतका क्षेत्र समावेश गरी नयाँ नक्सा जारी गर्ने सरकारको कामलाई सकारात्मक रुपमा लिँदै जमिन फिर्ता लिन कूटनीतिक वार्तालाई जोड दिने निर्णय गरिएको उनले बताए।
नेपालले लिपुलेकसहितको नक्सा जारी गरेपछि भारतसँग कूटनीति वार्ता र कुराकानी हुन सकेको छैन। उच्च तहमै वार्ता गर्नुपर्ने कुरा उठिरहेको समयमा नेकपाले कूटनीतिक माध्यमबाट समाधान खोज्ने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।