काठमाडौं- होल्डिङ सेन्टरबाट दिइने सवारी पास समेत कीर्ते गरी ठगी गरको पाइएको छ।
कोरोना भाइरस (कोभिड-१९) का कारण संक्रमण देशबाट नेपाल फिर्ता भई होल्डिङ सेन्टरमा बसिसकेपछि दिइने सवारी पास कीर्ते गरी ठगी गरेको पाइएको हो।
यसरी ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले गोरखाको आरुघाट गाउँपालिका- १० घर भई काठमाडौं २६ कपुरधारा बस्ने २७ वर्षीय विश्वप्रकाश अधिकारीलाई पक्राउ गरेको हो। उनलाई टोखा नगरापालिका- ७ तिलिंगेटारबाट पक्राउ गरिएको हो।
कोभिड- १९ संकट व्यवस्थापन केन्द्र छाउनीको नामबाट कीर्ते सवारी पास बनाएर प्रतिपास दुई हजारका दरले उनले बेच्ने गरेको सिआइबीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।