कास्की- कास्कीमा कोभिड-१९ सम्बन्धी झुठो अफवाह फैलाएको आरोपमा २ जना पक्राउ परेका छन्।
आफ्नो पिसिआर प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी प्रदेश पोखराबाट गराएकोमा त्यसलाई उलटपुलट गरी सामाजिक सञ्जालमा पोस्ट गरेको अभियोगमा पोखरा निवासी २९ वर्षीय ईश्वर रिमाल र २२ वर्षीय निरज लम्साललाई बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पक्राउ गरेको हो।
उनीहरूविरूद्ध झुट्टा अफवाह फैलाउन नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट ७ दिन म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिप्रका कास्कीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।