काठमाडौं– एसियन भलिबल महासंघ (एभिसी) सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपाल चौथो स्थानमा सीमित भएको छ। शुक्रबार बंगलादेशको मिरपुरस्थित शहिद शुरवर्दी इन्डुअर स्टेडीयममा तेस्रो स्थानका लागि भएको खेलमा साविक विजेता किर्गिस्तानसँग २५–२०, २५–२२, २५–२० को सेटमा पराजित हुँदा चौथो स्थानमा सीमित बन्यो।
अघिल्लो खेलभन्दा सुधारिएको प्रदर्शन गरेको नेपालले जित निकाल्न भने सकेन। गत वर्ष नेपाल प्रतियोगितामा तेस्रो भएको थियो। यसपटक नेपालले त्यहि प्रदर्शन दोहोर्याउन नसक्दा चौथो बन्यो।

माल्दिभ्समा भएको प्रतियोगिताबाट जितेको कास्य पदक नेपाली पुरुष भलिवलले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट जितेको अहिले सम्मको पहिलो र एक मात्र पदक बनेको छ।
पराजयपछि नेपाली टोलीका प्रशिक्षक जगदिश भट्टले प्रतियोगितामा उपाधि जित्ने लक्ष्यकासाथ आए पनि सम्भव नभएको प्रतिक्रिया दिए। उनले बंगलादेशसँगको उद्घाटन खेल गुमाएसँगैपछि खेलाडीको मनोबल फर्कन नसक्दा सोचेको जस्तो प्रदर्शन दिन नसकेको बताए। नेपाली टिमका ओपन स्पाइकर मानबहादुर श्रेष्ठ खेलका उत्कृष्ट स्पाइकर घोषित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।