पोखरा- नेपाल खानेपानी संस्थान, पोखरा शाखामा कार्यरत प्रशासन सहायक कृष्णहरि वाग्ले घुससहित पक्राउ परेका छन्। सेवाग्राहीसँग खानेपानी उपभोग गरे बापत खानेपानी शुल्क तिर्न जाँदा विभिन्न बहानामा २५ हजार लिएपछि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ।
घुस माग गरेको भन्ने उजुरी एवं सूचनाका आधारमा अख्तियारको कार्यालय पोखराबाट खटिएको टोलीले वाग्लेलाई सेवाग्राहीबाट घुस लिएको अवस्थामा पोखरा महानगरपालिकाको ट्याक्सी चोक, बगर स्थित रेस्टुरेन्टबाट नियन्त्रणमा लिएको हो।
उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ। विस्तृत अनुसन्धानका लागि उनलाई काठमाडौं पठाइने र थप अध्ययनपछि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर हुने आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।