फाइल तस्बिर
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’ले स्थायी कमिटी बैठकमा पेस गर्ने एजेन्डा तय गरेका छन्। बुधबार बिहान भएको परामर्शबाट स्थायी कमिटीमा पेश हुने एजेण्डा तयार गरिएको हो।
आगामी शुक्रबार बस्ने स्थायी कमिटी बैठकका लागि पेश गर्ने एजेण्डा सबै स्थायी कमिटी सदस्यलाई इमेलमार्फत् पठाएको नेकपा पार्टी कार्यालय एक सचिवले बताए।
सबै स्थायी कमिटी सदस्यहरुलाई स्थायी कमिटी बैठकका एजेण्डा पढेर सुझाव दिन आग्रह गरिएको एक स्थायी कमिटी सदस्यले बताए।
‘हामीलाई इमेलमार्फत् स्थायी कमिटी बैठकका एजेण्डा पठाइएको रहेछ’ ती स्थायी कमिटी सदस्यले भने, ‘एजेण्डाहरू के कस्तो लाग्यो पढेर सुझाव दिनुहोला भनियो। आवश्यक परेको खण्डमा थप्न पनि सकिन्छ भनिएको छ।’
यसअघि स्थायी कमिटीमा पेश गरिएका एजेण्डासहित कार्यदलले तयार गरेका एजेण्डासमेत समावेश गरिएको छ। जसमा पार्टी विधान बमोजिम विधि पद्धतिमा चलाउने, कोरोना भाइरसका सम्बन्धमा सरकारले खेलेको भूमिका, सीमा विवादका विषय एजेण्डाको रुपमा समेटिएको ती नेताले बताए। यस्तै अहिलेसम्म सरकारले गरेका काम कारबाहीको विषयमा समिक्षा, मन्त्रिमण्डल पुनर्गठनलगायत एजेण्डाहरु समेटिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।