काठमाडौं– निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।
उम्मेदवारले मनोनयन पत्रसँगै पेश गरेको वैयक्तिक विवरण सार्वजनिक गरिएको आयोगले जनाएको छ ।
‘प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका, २०८२ को दफा २२(१) बमोजिम अनुसूची–१० अनुसार उम्मेदवारले मनोनयन पत्रसँगै पेश गरेको वैयक्तिक विवरण, सोही दफाको उपदफा (३) बमोजिम निर्वाचन आयोगद्वारा सार्वजनिक गरिएको जानकारी गराइन्छ’, आयोगको विज्ञप्तिमा भनिएको छ ।
निर्वाचन प्रक्रियालाई पारदर्शी, निष्पक्ष तथा विश्वसनीय बनाउनका लागि उम्मेदवारका वैयक्तिक विवरण सार्वजनिक गर्नु आवश्यक रहेको हुँदा कानुनी व्यवस्थाअनुसार सम्बन्धित सबै उम्मेदवारले पेश गरेका विवरण वेबसाइटमार्फत प्रकाशन गरिएको आयोगले जनाएको छ । यसले मतदाता, सरोकारवाला निकाय, सञ्चारमाध्यम तथा आमनागरिकलाई उम्मेदवार सम्बन्धी आवश्यक जानकारी प्राप्त गर्न सहज बनाउने आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।