काठमाडौं-काठमाडौंको एक सहकारीका प्रबन्धकले नै साढे ५ करोड रुपैयाँभन्दा बढी ठगी गरेको पाइएको छ। काठमाडौं महानगरपालिका-२१ न्युरोडस्थित नौलो परिवेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ५ करोड ६७ लाख रुपैयाँ ठगी गरेको पाइएपछि सोही सहकारीका प्रबन्धक रामकाजी खड्गी पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका-११ बस्ने ४४ वर्षीय खड्गीलाई मंगलबार महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको हाे।
उक्त सहकारीको प्रबन्धक पदमा ७ वर्षसम्म कार्यरत रहँदा हिसाब तथा सहकारीको बैंक खाता सञ्चालन समेतको सम्पूर्ण जिम्मा उनैले लिएका थिए।
पछि हिसाबको विवरण नदेखाई रकम ठगी फरार रहेका उनलाई महानगरीय अपराध महाशाखाले धापाखेलबाट पक्राउ गरेको हो।
उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको उक्त महाशाखाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।