काठमाडौं- बलात्कार गरेको आरोपमा प्रहरी जवान पक्राउ परेका छन्। पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त गौशालाका सादा पोशाकमा काम गर्ने प्रहरी जवान उपेन्द्र सिंह छन्।
सिंहले आइतबार साँझ ७ बजे एक महिलालाई पशुपति वनकाली क्षेत्रमा बलात्कार गरेको आरोप लागेको छ। पीडित भनिएकी महिलाले आफूलाई बलात्कार गरेको आरोप लगाउँदै उजुरी दिएपछि प्रहरी जवान सिंहलाई पक्राउ गरिएको हो।
पक्राउ परेका जवान सिंहविरुद्ध बलात्कारको कसुरमा म्याद थप गरेर अनुसन्धान सुरु गरिने गौशाला वृत्तले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।