काठमाडौं- काठमाडौ उत्यकामा जारी निषेधाआज्ञाका विषयमा समीक्षा गर्न उपत्यका मेयरहरुको फोरमको मंगलबार दिउसो १ बजे राष्ट्रिय सभागृहमा बैठक बोलाएको छ।
यसअघि लगाएको निषेधआज्ञा बुधबार सकिन लागेकाले निषेधाज्ञा थप्ने वा नथप्ने विषयमा सुझाव दिनका लागि छलफल गरिने गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले बताए।
‘यसअघि साउन १७ गते लगाएको निषेधाज्ञा बुधबार सकिँदैछ। निषेधाज्ञाका सकारात्मक/नकरात्मक दुवै पक्षका विषयमा छलफल हुन्छ,’ महर्जनले नेपाल लाइभसँग भने, ‘त्यहीँ फोरमको बैठकले निषेधाज्ञाबारे साझा धारणा बनाएर सम्बन्धित निकायमा सुझाव पेस गर्नेछ।’
मेयरहरुको फोरमले दिएको सुझावका आधारमा काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले निषेाज्ञा लगाउँदै आएका छन्। निषेधाज्ञा हुँदा दैनिक ज्याला गर्ने मजदुर र ठेलागाडा चलाएर गुजारा गर्ने सबैभन्दा धेरै मर्कामा परेको भन्दै सरकारको विरोध हुँदै आएको छ।
कडा स्वास्थ्य मापदण्ड अपनाएर भए पनि बजार खुला गर्नुपर्ने माग पनि हुँदै आएको छ। तर आइतबार शिक्षा समितिको बैठकमा उपत्यकका तीनै प्रमुख जिल्ला अधिकारीहरूले निषेधाज्ञा थप कडा गर्नुपर्ने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।