काठमाडौं- रातो मत्स्योन्द्रनाथको रथ यात्राको शुभ साइत भदौ २९ गतेका लागि जुरेको छ। सोमबार पाटन मंगलबाजरस्थित सोह्रखुट्टे पाटीमा ज्योतिषीहरूबीच भएको छलफलपछि भदौ २९ गतेको साइतमा मुर्तिलाई अवतरण गराई बुङ्मती लैजाने निर्णय भएको हो।
ज्योतिष कृतिकिरण जोशीले २९ गते बिहान १० बजेर ५ मिनेटदेखि १० बजेर २० मिनेटभित्रको शुभसाइतमा रथबाट मत्स्येन्द्रनाथको मुर्तिलाई अवतरण गराई बुङ्मती लैजाने निर्णय भएको बताए।
यसवर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम आयोजना नगरिकन मुर्तिलाई बुङ्मती पुर्याएको चारदिनमा विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने कार्यक्रम रहेको उनले बताए।
वैशाख शुक्लपक्षको शुभसाइतमा निकाल्नु पर्ने रथ यात्रा यस वर्ष कोभिड-१९ महामारीका कारण रोकिएको थियो। लामो समय रथ तान्ने विषयमा केही निर्णय हुन नसकेपछि गत बिहीबार स्थानीय केही युवाहरुले प्रशासनको अनुमति बिना नै रथ तान्नेका थिए। त्यस लगत्तै स्थानीय युवाहरु र प्रहरीबिच झडप समेत भएको थियो।
युवाहरुले रथ राखिएको ठाउँबाट तानेर केही पर पुर्याएका थिए। त्यसपछि स्थानीय ज्यापु समाजले शुक्रबार क्षमापूजा गरी आइतबार रथ तानेर सोह्रखुट्टे पाटीसम्म पुर्याएका थिए।
यसरी जुराइयो साइत
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।