• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

कोभिड-१९ को डरले बेसार, मेथी, भिटामिन डी लगायतका औषधिको सेवनबाट निम्तिएको अर्को जटिल समस्या

64x64
नेपाल लाइभ सोमबार, भदौ २२, २०७७  १३:१५
1140x725

नयाँ दिल्ली- मुम्बईको अपोलो एन्ड फोर्टिस हस्पिटलकी इण्डोक्राइनोलोजिष्ट डा. तेजर लाथिया कसरी टाइप-२ मधुमेहका बिरामीमा भिटामिन डीको विषाक्तता (टक्सिसिटी) भइरहेको छ भन्ने विषयमा पछिल्ला केही दिनयता अचम्ममा परेकी छन्। 

पछिल्ला केही महिनामा किन यति धेरै यस्ता साइड इफेक्ट भएका बिरामी आइरहेका छन् भनेर गरिएको सर्वेक्षणमा कोभिड-१९ लाग्ने डरले मानिसहरूले सामाजिक सञ्जालमा आएका विभिन्न अफवाहको विश्वास गरी भिटामिन डीले मानिसको शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउँछ भन्दै यसका विभिन्न औषधि अत्यधिक सेवन गर्न थाले जसका कारण यसले साइड-इफेक्ट निम्त्यायो र मानिसमा अन्य रोगको जोखिम बढाएकाे पाइयो।

‘कोभिड-१९ बाट बँच्न भिटामिन डीले धेरै सहयोग पुर्‍याउनुका साथै कोभिडविरूद्धको रोग प्रतिरोधात्मक क्षमता अत्यधिक अभिवृद्धि गर्छ भन्ने अफवाह सामाजिक सञ्जालमा देखेपछि मसँग उपचार गर्न आएका एक बिरामीले हप्तामा एकपटक खानुपर्ने भिटामिन डीको औषधि दैनिक रूपमा सेवन गर्न थाल्नुभएछ’ डा लाथियाले भनिन्।

भिटामिन डी को अत्यधिक प्रयोगबाट ब्लड र युरिन क्याल्सियमको मात्रा बढ्न थाल्छ, जसले गर्दा टाउको दुख्ने, वान्ता हुने, डिहाइड्रेसन, चक्कर आउनेजस्ता अन्य धेरै असरहरू देखिन्छन्।

‘रगतमा भिटामिन डी को मात्रा १५० नानोग्राम पर मिलिलिटरभन्दा बढी भयो भने विषाक्तता हुन्छ र यसले विभिन्न असर देखाउन थाल्छ। मसँग आएका ती बिरामीको रगतमा भिटामिन डीको मात्रा ३४८ नानोग्राम पर मिलिलिटर थियो। भाग्यवश भनौं उनलाई त्यस्तो नराम्रा असर देखिएनन्।’ उनले भनिन्।

उनका अनुसार पछिल्लो समय आएका कोभिड-१९ बाहेकका सबै बिरामीहरू यस्तै अफवाहका पछि लागेर यस्तै वा अन्य प्रकारका औषधिको मात्रा नमिलाई खाएर अस्पताल आएकाहरू छन्। ‘मैले प्रायः सबै बिरामीबाट इम्युनिटी बढाउने ‍विभिन्न औषधिको बारेमा सुन्दै आएकी छु’ उनले भनिन्, ‘रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्नका लागि अत्यधिक प्रयोग भएकामध्ये घरमा बनाइएको काढा, जिंक, भिटामिन सी, भिटामिन डी र होमोप्याथिक अर्सेनिकम आल्बुमजस्ता औषधिहरू रहेका छन्।’

बिरामीका यस्ता समस्या सुन्ने डा लाथियाका मात्र होइनन्। देशभरि नै मानिसहरू यस्ता अफवाहको पछि लाग्ने गरेका छन्। सामाजिक सञ्जालमा देखेको भरमा बेसार, मेथी, घ्युकुमारीको जुस र भिटामिन डीलगायतका औषधिहरूको अत्यधिक प्रयोग गरिरहेका छन्।

‘मसँगै काम गर्न साथी र मसँग यस्ता धेरै किसिमका बिरामीहरू आउने गरेका छन्, जोमध्ये धेरैले सामाजिक सञ्जालमा सुनेको भरमा रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने भन्दै विभिन्न औषधिहरूको प्रयोग विज्ञको सल्लाहबिना नै प्रयोग गर्ने गरेका छन्’ केरलास्थित कोसिन ग्यास्ट्रोइन्टेरोलोजी ग्रुपका हेपाटोलोजी तथा लिभर ट्रान्सप्लान्ट मेडिसिनका विशेषज्ञ डा क्रायक एबी फिलिप्सले भने।

nimb
nimb
Ncell 2
Ncell 2

‘यसको एउटा कारण भनेको मानिसहरूले कोभिड-१९ संक्रमितसँगको सम्पर्कपछि डराएर मात्रा नमिलाई त्यस्ता औषधिको प्रयोग गर्नु हो’ डा फिलिप्स भन्छन्, ‘सामाजिक सञ्जालमा फैलिएका केही सरकारद्वारा समेत समर्थित तथ्यहीन अफवाहका पछि लागेर मानिसहरूले आफ्नो दैनिक जीवनमा यस्ता अस्वस्थ वस्तु प्रयोग गरिरहेका छन्। जसको फलस्वरूप मानिसमा विभिन्न रोगहरू देखापर्न थालेका छन्।’

सरकारमा भएका व्यक्तिले नै यस्ता कुराको समर्थन गर्नाले र मानिसहरूलाई यस्ता कुरा प्रयोग गर्न भनिदिने तर यसको मात्रा र कस्ता मानिसले यस्ता औषधिको प्रयोग गर्नुहुँदैन भनेर नभनिदिँदा धेरैलाई समस्या परिरहेका डाक्टरहरू बताउने गर्छन्।

भारतको केन्द्रीय सरकारले नै केही दिनअघि ‘आर्सेनिकम आल्बुम ३०’ नामक होमोप्याथिक औषधि सुझाएको थियो।

‘धेरै आयुर्वेदिक र यस्ता भिटामिनहरू मात्रा मिलाएर खाँदा धेरै असर गर्दैनन् तर मात्र नमिलाई आफ्नो खुसी गरेर अथवा अफवाहका पछि लागेर खानाले हाम्रो स्वास्थ्यमा धेरै ठूलो असर गरिरहेको हुन्छ। कतिपयले पहिलेदेखि नै दीर्घरोगका विभिन्न औषधिहरू प्रयोग गरिरहेका हुनसक्छन्, त्यस्ता व्यक्तिलाई त झन् कतिपय यस्ता कुराहरू विषाक्तसमेत बन्न सक्छन्। यस्तो हुँदा डरलाग्दो अवस्था सिर्जना हुने गर्छ।’ गुरूग्रामस्थित फोर्टिस मेमोरियल रिसर्च इन्स्टिच्युटका पलमोनोलोजीका निर्देशक डा मनोज गोएलले भने।

प्राकृतिक उत्पादनको अत्यधिक प्रयोगबाट हुने साइड-इफेक्ट
विभिन्न क्षेत्रका डाक्टरहरूले अहिले यस्ता घटनाहरू भोगिरहेका छन्। डा फिलिप्स भन्छन्, ‘मेथीको अत्यधिक प्रयोगले मानिसहरूलाई विभिन्न साइड इफेक्ट भएर धेरै बिरामीहरूको उपचार मैले गरेको छु।’ केरलामा कार्यरत डाक्टरका अनुसार मेथीको अत्यधिक प्रयोगले रगतलाई पातल्याउने काम गर्छ, जसले गर्दा कलेजोसम्बन्धी समस्या भए पनि नभए पनि रक्तस्रावको समस्या पैदा हुने गर्दछ।

दिल्लीस्थित मेदान्त अस्पतालका इण्डोक्राइनोलो एन्ड डाइबिटीजका सिनियर कन्सल्ट्यान्ट डा एम सफी कुचेले एक ट्वीट गर्दै बेसारको अत्यधिक प्रयोगबाट आफ्ना एक बिरामीमा आँखा पहेंलो हुने समस्या देखिएको उल्लेख गरे।

ट्वीटमा उनले लेखेका छन्, ‘हिजो मैले एकजना मधुमेहका बिरामीलाई हेरें। उनको बिलिरूबिन सामान्य थियो। उनको आँखा सामान्यावस्थाको भन्दा पहेंलो थियो तर उनमा कलेजोको कुनै समस्या थिएन। कारण: उनले कोभिड-१९ बाट बच्नका लागि पछिल्ला २-३ महिनायता एकदिनमा हरेक पटक २ टेबलचम्चा बेसार पानीमा मिसाएर पिउने गरेका रहेछन्।’

— M Shafi Kuchay (@drshafikuchay) September 2, 2020

‘हामीले यस्ता धेरै बिरामी देखेका छौं, जसले रोग प्रतिरोधात्मक क्षमता बढाउनका लागि आयुर्वेदिक औषधिको प्रयोग गरिरहेका छन्’ उनले भने।

दिल्लीमा अवस्थित धर्मशीला नारायण सुपरस्पेस्यालिटी हस्पिटलका इन्टर्नल मेडिसिन कन्सल्ट्यान्ट डा गौरव जैनका अनुसार अहिले उनी कार्यरत अस्पतालमा हरेक दिन ४ देखि ५ यस्ता बिरामी आउने गरेका छन्, जसले कोभिडको डरले इम्युनिटी बुस्टरको नाममा अनेक औषधिहरूको अत्यधिक प्रयोग गरिरहेका छन्।

‘कोभिडबाट बँच्न यस्ता औषधिहरूको अत्यधिक प्रयोग गर्नाले योभन्दा पनि अन्य रोगको जोखिम बढिरहेको देख्दा दुःख लाग्छ’ डा जैन भन्छन्, ‘अश्वगन्धा, धेरै औषधिहरू मिसाएर खाइने काढा, च्यवनप्रासजस्ता उत्पादनको अत्यधिक प्रयोगले पाचन प्रणालीमा समस्या निम्त्याउने गर्दछन्।’

धेरैले इम्युनिटी बुस्टर भन्दै विभिन्न औषधि बिक्री गरेको पाइयो : अध्ययन
भारतमा गरिएको एक सर्वेक्षणमा रोग प्रतिरोधात्मक क्षमता बढाउने भन्दै धेरैथरि औषधिहरू बेचिएको पाइएको छ। 

भारतको हेल्थ रिसर्च फर्मका प्रोन्टो कन्सल्टद्वारा गरिएको एक सर्वेक्षणमा रोग प्रतिराेधात्मक क्षमता बढाउने नाममा औषधिमात्र नभएर खद्यान्नहरू समेत बिक्री भइरहेको पाइएको थियो।

‘हरेक १ सय औषधिको बिलमा ९२ औषधि रोग प्रतिरोधात्मक क्षमता बढाउने औषधिहरू पाइए’ उक्त सर्वेक्षणमा उल्लेख गरिएको छ, ‘मह, च्यवनप्रास, अदुवा, मोरिंगा, ओलिफेरा, करेला, हर्वल चिया, तुलसी, बेसार, कागती आदी आयुर्वेदिक उत्पादनको बिक्री ह्वात्तै बढेको छ।’

यस्ता औषधिहरूको प्रयोग गर्दा विज्ञसँग सल्लाह गरेरमात्र मात्रा मिलाएर प्रयोग गर्नका लागि सुझाउने गरेका छन्। नत्र अन्य रोगका समस्या झेल्नुपर्ने हुनसक्ने डाक्टरहरू बताउँछन्।

‘विज्ञको सल्लाहबिना इम्युनिटी बुस्टरको नाममा अनेक औषधिको अत्यधिक प्रयोग नगर्नुहोस्। विशेषगरी त्यस्ता व्यक्तिले जसलाई पहिलेदेखि नै अन्य रोगले सताइरहेको छ’ डा जैनले भने।

‘मैले प्रयोग नै गरेर हेर्दा पनि भिटामिन सी, डी र जिंकजस्ता औषधिले कुनै असर गर्दैनन् यदि मात्रा मिलाएर प्रयोग गरियो भने’ डा लाथियाले भनिन्, ‘मैले बिरामीलाई अन्य वस्तुहरुको अत्यधिक प्रयोगभन्दा बरू बाफ लिन र नुन पानीले कुला गर्न सुझाउने गरेको छु।’

‘नचिनेका त्यस्ता औषधिहरू विशेषज्ञको सल्लाहबिना प्रयोग नगर्न मैले सँधै भन्ने गरेकी छु’ उनले भनिन्, ‘तौल व्यवस्थापन, ब्लड सुगरको सही नियन्त्रण, उचित औषधिको प्रयोग र रक्तचाप नियन्त्रण, मास्कको प्रयोग र हात धुनेजस्ता उपाय अपनाउनु नै अहिलेका लागि राम्रा विकल्पहरू हुन्’

(द प्रिन्टको सहयोगमा प्रदीप खद्योतद्वारा अनुवादित सामग्री।)

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १३:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची]
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान
सम्बन्धित सामग्री
म्युजिक थेरापी: मन, मस्तिष्क र शरीरलाई निको पार्ने एउटा प्रभावकारी माध्यम आमाको मुटुको धड्कनदेखि बाल्यकालका लोरी, धार्मिक भजन, लोकगीत, आधुनिक गीत तथा शास्त्रीय संगीतसम्म मानिसको जीवनमा संगीतले विभिन्न भावना... शनिबार, भदौ ६, २०८३
कस्ता खानेकुराले बिगार्छ कलेजो? कलेजो शरीरको सबैभन्दा महत्त्वपूर्ण अंग हो। मस्तिष्कजस्तै संवेदनशील र जटिल अंग हो कलेजो। कलेजोको मुख्य काम शरीरको विषाक्त पदार्थ बाहि... शनिबार, साउन ३०, २०८३
यस्ता छन् च्याउका खानुका फाइदा च्याउ जति स्वादिलो हुन्छ, यो स्वास्थ्यका लागि पनि उत्तिकै फाइदाजनक हुन्छ। च्याउको सेवनले शरीरमा कोलेस्ट्रोलको मात्रा सन्तुलित बनाउने... मंगलबार, साउन २६, २०८३
ताजा समाचारसबै
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
नयाँ नामी बक्स चाँडै आउँदै- नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै आइतबार, भदौ ७, २०८३
घातक बन्दै जापानीज इन्सेफलाइटिस, पछिल्लो ५ वर्षमा नेपालमा ११४ जनाले गुमाए ज्यान आइतबार, भदौ ७, २०८३
५० वर्षमा बदलियो नेपालको अटो बजार : आयातबाट स्वदेशी उत्पादनतर्फको यात्रा आइतबार, भदौ ७, २०८३
शिक्षा विधेयकलाई पहिलो प्राथमिकतामा राखेर काम गर्दै छौँ : शिक्षामन्त्री पोखरेल आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्