काठमाडौं- काठमाडौं महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको घाँटी काट्छु भनेर अभियव्यक्ति दिने युवालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुरका संजय शाक्य रहेको महाशाखाका एसएसपी दीपक थापाले बताए। पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप भएपछि शाक्यले आक्रोशित हुँदै मेयर महर्जनको घाँटी छिनाउने भन्दै अभिव्यक्ति दिएका थिए।
उनको अभिव्यक्तिको सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो। पक्राउ परेका शाक्यलाई कारबाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।