काठमाडौं- सुन खरिद गर्ने बहानामा नगद १३ लाख ५० हजार रुपैयाँ लुटपाट भएको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका- ३ घर भई टोखा नगरपालिका- ७ बस्ने ३२ वर्षीय विष्णु थापा, सिन्धुपाल्चोक जुगल गाउँपालिका- ४ घर भई काठमाडौं बस्ने २७ वर्षीय मेघ बहादुर तामाङ, जुगल गाउँपालिका- २ घर भएका २८ वर्षीय रुगेन लामा (गोले), जुगल गाउँपालिका- ५ घर भएका २३ वर्षीय आकाश स्याङबो र सर्लाही हरिवन नगरपालिका- ५ घर भएका २२ वर्षीय विशाल लामा रहेका छन्।
बिहीबार बेलुका काठमाडौं गोकर्णेश्वर नगरपालिका- ५ जोरपाटी बस्ने उदयपुर चौदण्डी नगरपालिका- ४ घर भएका ३७ वर्षीय निराहाङ राईलाई सुन खरिद गर्ने बहाना बनाई बुढानिलकण्ठ नगरपालिका- ११ कपनस्थित आनीगुम्बा बोलाएरु उनीहरूले उक्त रकम लुटपाट गरेका थिए।
उनीहरुको साथबाट नगद ८ लाख ७ हजार रुपैयाँ, बा २४ प २८६७ र प्रदेश नम्बर ३—०२—०१३ प ३३८० नम्बरको मोटरसाइकल, ४ थान मोबाइल र ५ थान सिम समेत प्रहरीले बरामद गरेको छ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।