• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्नेबारे सरकार र निजी विद्यालयबीच जुहारी

हिसान भन्छ- यो वर्ष मान्दैनाैं, नयाँ पाठ्यक्रम लागू हुन्छ : शिक्षा मन्त्रालय
64x64
प्रजु पन्त आइतबार, भदौ २१, २०७७  १९:३४
1140x725

काठमाडौं- कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने विषयमा निजी विद्यालय र सरकारबीच जुहारी चलेको छ। निजी विद्यालयहरूको छाता संगठन हिसानले पुरानै पाठ्यक्रम अनुसार कक्षा ११ को पढाइ सञ्चालन गर्ने अड्डी कसेको मात्र होइन, केही विद्यालयले भर्ना लिएर अनलाइनबाट कक्षा संचालन गर्न समेत थालेका छन् भने सरकार भने यसै वर्षदेखि नै नयाँ पाठ्यक्रम लागू गर्नेमा अडिग छ। 

हिसानका महासचिव लोकबहादुर भण्डारी सरकारले ल्याएको नयाँ पाठ्यक्रमबारे कोभिड– १९ का कारण शिक्षकलाई अभिमुखीकरण गराउन नपाइएको बताउँदै यस वर्ष लागू गर्न नसकिने बताउँछन्। कोभिडका कारण सबै क्षेत्रमा संकट आएको र यसवर्ष नयाँ पाठ्यक्रम लागू गर्नेबारे तयारी नपुगेको भन्दै अर्को वर्ष तयारीका साथ नयाँ पाठ्यक्रम लागू गर्नुपर्ने उनको भनाइ छ।

‘कोभिड-१९ को बेला छ। नयाँ पाठ्यक्रम लागू गर्दा शिक्षकलाई अभिमुखीकरण तालिमको आवश्यकता पर्छ,’ भण्डारीले भने, ‘तालिम दिन सक्ने अवस्था छैन। विद्यार्थीलाई सहजभन्दा पनि भार हुने प्रकारको पाठ्यक्रम छ। यो पाठ्यक्रम लागू नगर्दा नै बेस हुन्छ।’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भने विद्यार्थीहरूका विषयमा सरकार र शिक्षा मन्त्रालय संवेदनशील भएकाले समस्याका बारेमा छलफल गर्न सकिने बताए। 'विद्यालय र विद्यार्थीहरूका समस्याप्रति सरकार संवेदनशील छ। सरोकारवाला निकायसँग छलफल गरेर सरकार र मन्त्रालय अघि बढ्छ,' मन्त्री पोखरेलले भने। 

'पुराना पाठ्यक्रम पढाउन पाइदैन'
काठमाडौँका केही निजी विद्यालयहरुले कक्षा ११ मा भर्ना पनि लिइसकेर अनलाइन कक्षा पनि सुरु गरिसकेका छन्। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले अहिले शैक्षिक सत्र नै सुरु नभएको बताए। कक्षा ११ को पाठ्यक्रम २७ वर्षदेखि परिवर्तन नभएको हुँदा गत वर्ष नै यो वर्ष पाठ्यक्रम परिवर्तन गर्ने तयारी सरकारले गरेको थियो। 

‘सरकारले बनाएको पाठ्यक्रमकै आधारमा सबै विद्यालयमा कक्षा संचालन हुन्छ,’ शर्माले भने, ‘सरकारले लागू गरेको पाठ्यक्रम कसैले पढाउँदिनँ भन्नै मिल्दैन। तर समस्या आए सरकार छलफल गर्न तयार छ।’ पाठ्यक्रममा आधारित विषय नपढाए परीक्षा दिने बेला विद्यार्थीलाई घाटा हुने उनको भनाइ छ। ‘पहिलो कुरा अहिले शैक्षिक सत्र नै शुरु भएको छैन,’ उनले भने, 'पाठ्यक्रममा आधारित रहेर नपढाएको विद्यालयमा पढाउने कि नपढाउने अभिभावकले सोच्नुपर्छ।’

शर्माका अनुसार कस्तो पाठ्यक्रममा आधारित भएर विद्यालयहरुले पढाइरहेको भए स्थानीय तहले अनुगमन गर्नुपर्छ। 

पाठ्यक्रममा किन विवाद? 
गत वर्ष सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ बनाएको छ। उक्त पाठ्यक्रम यसै वर्षदेखि कक्षा १ र ११ लागू गर्ने अर्काे वर्ष कक्षा २ र १२ को लागू गर्ने सरकारको तयारी छ। यसैक्रममा २०८० सालसम्म नयाँ पाठ्यक्रम लागू गर्ने गरिने तयारी मन्त्रालयको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ र १२ मा तीनतीन वटा विषय अनिवार्य पढ्नुपर्नेछ। कक्षा ११ मा नेपाली, अग्रेजी र समाजिक शिक्षा अनिवार्य विषय छन् भने कक्षा १२ मा नेपाली, अंग्रेजी र जीवनपयोगी शिक्षा गरी तीन विषय अनिवार्य राखिएको छ। 

हिसानका महासचिव लोकबहादुर भण्डारीले कक्षा ११ र १२ मा अनिवार्य विषय धेरै भएको बताए। उनले गणित विषयलाई ऐच्छिक चौँथोमा राखेकोमा असहमति रहेकोसमेत बताए। ‘गणितलाई ऐच्छिक चौँथोमा राखिएको छ। गणित जस्तो महत्वपूर्ण विषयलाई नजरअन्दाज गर्न  खोजिएको छ,’ भण्डारीले भने, ‘पाठ्यक्रम जबरजस्ती लाद्ने कुरा होइन विद्यार्थीको भविष्यबारे पनि सरकार संवेदनशील हुनुपर्छ।’ 

११ र १२ मा गणित पढेका विद्यार्थीलाई स्नातक तहमा विज्ञानबाहेक विभिन्न संकायमा जान मिल्थ्यो। चिकित्सा विज्ञानमा नाम निस्केका विद्यार्थी गणित अनिवार्य भएका इन्जिनियरिङ, व्यवस्थापन, कृषि, कम्प्युटर विज्ञान अथवा अर्थशास्त्रमा जान पाउँथे। गणित विषयलाई ऐच्छिक चौथोमा र जीव विज्ञान पढ्नेहरूका लागि अनिवार्य नगरिएको प्रति गणित समाजले  विरोध गरेको थियो। 

नयाँ पाठ्यक्रम अनुसार पाठ्यपुस्तक छापिए
पाठ्यक्रम विकास केन्द्रले भने पाठ्यपुस्तक छपाइको काम धमाधम भइरहेको जनाएको छ। केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद दाहालका अनुसार सरकारले बनाएको नयाँ पाठ्यक्रमअनुसार नै तीन वटा अनिवार्य विषयको पाठ्यपुस्तकको छपाइ भइरहेको जानकारी दिए।

Xtrem

Xtrem

‘हामीले पाठ्यपुस्तक छाप्न जनक शिक्षा सामग्री केन्द्रलाई दिन्छौँ,’ निर्देशक दाहालले भने, ‘दुई अनिवार्य विषयको छपाइ भइसकेको छ भने अर्काे विषयको पनि छपाइ काम शुरु हुँदैछ।’

नयाँ शैक्षिक सत्र शुरु हुनु अगावै अनिवार्य विषयका पाठ्यपुस्तक छपाइ सक्ने केन्द्रले जनाएको छ। ऐच्छिक विषयको हकमा भने पाठ्यक्रम विकास केन्द्रले तोकिदिएको पाठ्यक्रममा आधारित रहेर निजी संस्थाले पनि पुस्तक छाप्न सक्नेछन् । जनक शिक्षा सामाग्री केन्द्रले ऐच्छिक पाठ्यपुस्तक भने छाप्दैन।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७  १९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्