• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक २५, २०८२ Tue, Nov 11, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गर्नेबारे सरकार र निजी विद्यालयबीच जुहारी

हिसान भन्छ- यो वर्ष मान्दैनाैं, नयाँ पाठ्यक्रम लागू हुन्छ : शिक्षा मन्त्रालय
64x64
प्रजु पन्त आइतबार, भदौ २१, २०७७  १९:३४
1140x725

काठमाडौं- कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने विषयमा निजी विद्यालय र सरकारबीच जुहारी चलेको छ। निजी विद्यालयहरूको छाता संगठन हिसानले पुरानै पाठ्यक्रम अनुसार कक्षा ११ को पढाइ सञ्चालन गर्ने अड्डी कसेको मात्र होइन, केही विद्यालयले भर्ना लिएर अनलाइनबाट कक्षा संचालन गर्न समेत थालेका छन् भने सरकार भने यसै वर्षदेखि नै नयाँ पाठ्यक्रम लागू गर्नेमा अडिग छ। 

हिसानका महासचिव लोकबहादुर भण्डारी सरकारले ल्याएको नयाँ पाठ्यक्रमबारे कोभिड– १९ का कारण शिक्षकलाई अभिमुखीकरण गराउन नपाइएको बताउँदै यस वर्ष लागू गर्न नसकिने बताउँछन्। कोभिडका कारण सबै क्षेत्रमा संकट आएको र यसवर्ष नयाँ पाठ्यक्रम लागू गर्नेबारे तयारी नपुगेको भन्दै अर्को वर्ष तयारीका साथ नयाँ पाठ्यक्रम लागू गर्नुपर्ने उनको भनाइ छ।

‘कोभिड-१९ को बेला छ। नयाँ पाठ्यक्रम लागू गर्दा शिक्षकलाई अभिमुखीकरण तालिमको आवश्यकता पर्छ,’ भण्डारीले भने, ‘तालिम दिन सक्ने अवस्था छैन। विद्यार्थीलाई सहजभन्दा पनि भार हुने प्रकारको पाठ्यक्रम छ। यो पाठ्यक्रम लागू नगर्दा नै बेस हुन्छ।’

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले भने विद्यार्थीहरूका विषयमा सरकार र शिक्षा मन्त्रालय संवेदनशील भएकाले समस्याका बारेमा छलफल गर्न सकिने बताए। 'विद्यालय र विद्यार्थीहरूका समस्याप्रति सरकार संवेदनशील छ। सरोकारवाला निकायसँग छलफल गरेर सरकार र मन्त्रालय अघि बढ्छ,' मन्त्री पोखरेलले भने। 

'पुराना पाठ्यक्रम पढाउन पाइदैन'
काठमाडौँका केही निजी विद्यालयहरुले कक्षा ११ मा भर्ना पनि लिइसकेर अनलाइन कक्षा पनि सुरु गरिसकेका छन्। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले अहिले शैक्षिक सत्र नै सुरु नभएको बताए। कक्षा ११ को पाठ्यक्रम २७ वर्षदेखि परिवर्तन नभएको हुँदा गत वर्ष नै यो वर्ष पाठ्यक्रम परिवर्तन गर्ने तयारी सरकारले गरेको थियो। 

‘सरकारले बनाएको पाठ्यक्रमकै आधारमा सबै विद्यालयमा कक्षा संचालन हुन्छ,’ शर्माले भने, ‘सरकारले लागू गरेको पाठ्यक्रम कसैले पढाउँदिनँ भन्नै मिल्दैन। तर समस्या आए सरकार छलफल गर्न तयार छ।’ पाठ्यक्रममा आधारित विषय नपढाए परीक्षा दिने बेला विद्यार्थीलाई घाटा हुने उनको भनाइ छ। ‘पहिलो कुरा अहिले शैक्षिक सत्र नै शुरु भएको छैन,’ उनले भने, 'पाठ्यक्रममा आधारित रहेर नपढाएको विद्यालयमा पढाउने कि नपढाउने अभिभावकले सोच्नुपर्छ।’

शर्माका अनुसार कस्तो पाठ्यक्रममा आधारित भएर विद्यालयहरुले पढाइरहेको भए स्थानीय तहले अनुगमन गर्नुपर्छ। 

पाठ्यक्रममा किन विवाद? 
गत वर्ष सरकारले विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ बनाएको छ। उक्त पाठ्यक्रम यसै वर्षदेखि कक्षा १ र ११ लागू गर्ने अर्काे वर्ष कक्षा २ र १२ को लागू गर्ने सरकारको तयारी छ। यसैक्रममा २०८० सालसम्म नयाँ पाठ्यक्रम लागू गर्ने गरिने तयारी मन्त्रालयको छ। 

Ncell 2
Ncell 2

नयाँ पाठ्यक्रमअनुसार कक्षा ११ र १२ मा तीनतीन वटा विषय अनिवार्य पढ्नुपर्नेछ। कक्षा ११ मा नेपाली, अग्रेजी र समाजिक शिक्षा अनिवार्य विषय छन् भने कक्षा १२ मा नेपाली, अंग्रेजी र जीवनपयोगी शिक्षा गरी तीन विषय अनिवार्य राखिएको छ। 

हिसानका महासचिव लोकबहादुर भण्डारीले कक्षा ११ र १२ मा अनिवार्य विषय धेरै भएको बताए। उनले गणित विषयलाई ऐच्छिक चौँथोमा राखेकोमा असहमति रहेकोसमेत बताए। ‘गणितलाई ऐच्छिक चौँथोमा राखिएको छ। गणित जस्तो महत्वपूर्ण विषयलाई नजरअन्दाज गर्न  खोजिएको छ,’ भण्डारीले भने, ‘पाठ्यक्रम जबरजस्ती लाद्ने कुरा होइन विद्यार्थीको भविष्यबारे पनि सरकार संवेदनशील हुनुपर्छ।’ 

११ र १२ मा गणित पढेका विद्यार्थीलाई स्नातक तहमा विज्ञानबाहेक विभिन्न संकायमा जान मिल्थ्यो। चिकित्सा विज्ञानमा नाम निस्केका विद्यार्थी गणित अनिवार्य भएका इन्जिनियरिङ, व्यवस्थापन, कृषि, कम्प्युटर विज्ञान अथवा अर्थशास्त्रमा जान पाउँथे। गणित विषयलाई ऐच्छिक चौथोमा र जीव विज्ञान पढ्नेहरूका लागि अनिवार्य नगरिएको प्रति गणित समाजले  विरोध गरेको थियो। 

नयाँ पाठ्यक्रम अनुसार पाठ्यपुस्तक छापिए
पाठ्यक्रम विकास केन्द्रले भने पाठ्यपुस्तक छपाइको काम धमाधम भइरहेको जनाएको छ। केन्द्रका कार्यकारी निर्देशक केशवप्रसाद दाहालका अनुसार सरकारले बनाएको नयाँ पाठ्यक्रमअनुसार नै तीन वटा अनिवार्य विषयको पाठ्यपुस्तकको छपाइ भइरहेको जानकारी दिए।

‘हामीले पाठ्यपुस्तक छाप्न जनक शिक्षा सामग्री केन्द्रलाई दिन्छौँ,’ निर्देशक दाहालले भने, ‘दुई अनिवार्य विषयको छपाइ भइसकेको छ भने अर्काे विषयको पनि छपाइ काम शुरु हुँदैछ।’

नयाँ शैक्षिक सत्र शुरु हुनु अगावै अनिवार्य विषयका पाठ्यपुस्तक छपाइ सक्ने केन्द्रले जनाएको छ। ऐच्छिक विषयको हकमा भने पाठ्यक्रम विकास केन्द्रले तोकिदिएको पाठ्यक्रममा आधारित रहेर निजी संस्थाले पनि पुस्तक छाप्न सक्नेछन् । जनक शिक्षा सामाग्री केन्द्रले ऐच्छिक पाठ्यपुस्तक भने छाप्दैन।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७  १९:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
प्रजु पन्त
नेपाल लाइभकी संवाददाता पन्त शिक्षा तथा सामाजिक विषयमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
बजारमा पुस्तकको बाढी तर बिक्री न्यून
सत्ता दाहिने हुँदा अखिल नेतालाई 'उन्मुक्ति', नेविसंघ नेतालाई ज्यान मुद्दा
आन्दोलन रोक्न आंशिक प्राध्यापकलाई त्रिविको आग्रह, माग सम्बोधन नभए रोक्दैनौं : आंशिक प्राध्यापक
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बिहारमा दोस्रो चरणको निर्वाचन आज, साँझबाट बन्द नाका खुल्ने मंगलबार, कात्तिक २५, २०८२
आज कांग्रेस केन्द्रीय समिति बैठक बस्दै मंगलबार, कात्तिक २५, २०८२
किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औं जयन्ती मनाइँदै मंगलबार, कात्तिक २५, २०८२
आज यस्तो छ दशभरको मौस मंगलबार, कात्तिक २५, २०८२
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ सिफारिस सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
जङ्गी अड्डा लाइभ, Gen Z
जङ्गी अड्डा लाइभ, Gen Z बिहीबार, भदौ २६, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त सोमबार, कात्तिक २४, २०८२
मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ सिफारिस सोमबार, कात्तिक २४, २०८२
मधेशमा तीन मन्त्री नियुक्त, राप्रपा पनि सहभागी सोमबार, कात्तिक २४, २०८२
मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त सोमबार, कात्तिक २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जेन-जी क्रान्ति: उपलब्धि, अवसर, चुनौती र अबको उत्तरदायित्व अरुण क्षेत्री
नेपालमा मुख स्वास्थ्य संकट: लाखौँलाई असर गर्ने दन्त रोग किन रोक्न सकिएन? नेपाल लाइभ
युवा उमेरमै किन थाक्छ मन र मस्तिष्क? बर्नआउटको कारण र समाधान डा. प्रज्ञा सिंह
दुर्गमका कर्मचारीको सुरक्षा : चुनौती र समाधान नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
प्रेम र आकर्षणको मध्यबिन्दुमा ‘देवयानी’ शनिबार, भदौ ७, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बिरामी भन्दै काठमाडौँ हिँडेकी प्रदेश प्रमुखले बिच बाटोमै गराइन् नयाँ मुख्यमन्त्रीको शपथ सोमबार, कात्तिक २४, २०८२
हङकङ सिक्सेस : भारतविरुद्ध नेपालको ऐतिहासिक जित शनिबार, कात्तिक २२, २०८२
रवि र छविको मुद्दामा सुरुकै मिसिल मगाउने आदेश बिहीबार, कात्तिक २०, २०८२
इक्वेडरको जेलमा दङ्गा, ३१ कैदीको मृत्यु सोमबार, कात्तिक २४, २०८२
जाँचबुझ आयोगमाथि सर्वोच्चको गम्भीर प्रश्न: पूर्वाग्रहबारे लिखित जवाफ माग बुधबार, कात्तिक १९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्