हैदरावाद– आइपिएल क्रिकेटमा सनराइजर्स हैदरावादले उत्कृष्ट बलिङ गर्ने क्रम जारी राखेको छ। बिहीबार राति १ सय ३३ रनको लक्ष्य पछ्याएको किंग्स इलाभेन पञ्जावलाई हैदारावादले १ सय १९ रनमै अलआउट गर्यो। टी–२० का बादसाह क्रिस गेल जस्ता हस्ती टिममा भएपनि हैदरावादको बलिङ सामू पञ्जावको केहि लागेन।
पञ्जावका क्रिस गेल र केएल राहुलबीच पहिलो विकेटका लागि ५५ रनको साझेदारी भएको थियो। ८ ओभरमा पहिलो विकेट गुमाएको पञ्जाव जिततर्फ लम्किरहेको थियो। किनकी हैदरावादका स्टार बलर भुवनेश्वर कुमार र बिली स्टालाके खेलमा उपलब्ध थिएनन्। तर पनि हैदरावादको बलिङ अम्बल देखिदा पञ्जावले बाँकी ९ विकेट ६४ रनमा गुमायो।


केएलराहुलले ३२ र गेलले २३ रन जोडेका थिए। ८ ओभरदेखि बलिङमा हाबी देखिएको हैदरावादका लागि बासिल थम्पीले गेलल आउट गर्दा अर्का ओपनर राहुललाई रसिद खानले बोल्ड गरेका थिए। त्यसपछि सकिब अल हसन पनि बलिङमा हाबी भए।

बलिङमा हैदरावादका रसिद खानले ३ विकेट लिए। सकिब अल हसन, सन्दीप शर्मा र बासिल थम्पीले २–२ विकेट हात पारे।
अघिल्लो खेलमा हैदरावादले १ सय १८ रन डिफेन्ड गरेको थियो। १ सय १९ रनको लक्ष्य पछ्याएको मुम्बई ८७ रनमै अलआउट भएको थियो। मुम्बईलाई सस्तैमा समेट्ने क्रममा हैदरावादका सिद्धान्त कौलले ३ विकेट लिएका थिए।
रसिद खान र बासिल थम्पीले २–२ विकेट हात पारेका थिए। सकिब अल हसन, सन्दीप शर्मा र मोहमद नाबीले समान १–१ विकेट आफ्नो नाममा लेखाएका थिए। मुम्बईका लागि २ ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन जोड्न सके।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।