लन्डन– युरोपा लिग फुटबल प्रतियोगिताअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा १० खेलाडीमा सीमित एट्लेटिको म्याड्रिडले इंग्लिस क्लब आर्सनललाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको छ।
स्पेनिस क्लब एट्लेटिको खेलको दशौं मिनेटमै १० खेलाडीमा सीमित बन्यो। डिफेन्डर सिमे भर्साल्कोले लगातार २ पहँलो कार्ड पाएपछि मैदान छाड्न बाध्य बनेका थिए। त्यसपछि घरेलु टिम आर्सनलले एट्लेटिको माथि लगातार दबाब बनाएको थियो। यद्यपी आर्सनलले पहिलो हाफमा अग्रता लिन सकेन।
६१ मिनेटमा आर्सनलले अग्रता लिन सफल भयो। लकाजाटेले ज्याक विलसेयरको क्रससलाई सदुपयोग गर्दै आर्सनललाई अग्रता दिलाए। तर ८२ मिनेटमा एट्लेटिकोले बराबरी गोल फर्कायो। फ्रेन्च स्ट्राइकर एन्टोनियो ग्रिजम्यानले बराबरी गोल फर्काएका हुन्।
लिगको अर्को सेमिफाइनलमा फ्रेन्च क्लब मार्सेलीले साल्जवर्गलाई २–० गोलले हराएको छ। अब दोस्रो लेग आगामी बिहिबार हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।