• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस १२, २०८२ Sat, Dec 27, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

बेलायत र अष्ट्रेलियामा शाखा खोल्दै जयतु संस्कृतम्

64x64
नेपाल लाइभ शनिबार, भदौ २०, २०७७  २०:१०
1140x725
जयतु संस्कृतम्' सुरु भएको तीनधारा पाठशाला।

काठमाडौं- जयतु संस्कृतम् संस्थालाई विश्वका प्रमुख देशमा शाखा खोली संस्कृत भाषामा रहेको ज्ञान विस्तारमा उपयोग गरिने भएको छ। संस्थाले गत वर्ष अमेरिकामा शाखा गठन गरेकोमा शनिबार जुम प्रविधिबाट आयोजित बाग्मती प्रदेशस्तरीय संस्कृत लोकभाषा अभियान विषयक अन्तरक्रिया कार्यक्रममा संस्थाका अध्यक्ष डा बद्री पोखरेलले जानकारी दिए। यसै वर्ष बेलायत र अष्ट्रेलियामा शाखा गठन गर्न त्यहाँ रहेका संस्कृतप्रेमीले इच्छा व्यक्त गरेको र निकट भविष्यमै गठन गर्न लागिएको उनले बताए। 

विश्वमा सबैभन्दा पुराना ग्रन्थ संस्कृत भाषामा रहेकाले यसप्रति विश्वव्यापी आकर्षण बढ्न थालेकाले शाखा खोल्न लागिएको उनले बताए। भाषा मात्र नभई वाङ्मयकै स्वरुप ग्रहण गरेको संस्कृतमा धेरै ग्रन्थसमेत लेखिएका छन्। अन्तरक्रियामा सहभागी पीपलमणि सिग्देलले अमेरिकाबाट जयतु संस्कृतम्लाई विश्वव्यापी रुपमा फैल्याउन लागिएको जानकारी दिए। कोरोनाबाट बच्न जारी निषेधाज्ञा एवं बन्दाबन्दीबीच जुम प्रविधिबाट नै संस्कृत प्रशिक्षण गर्न सकिने उनको सुझाव थियो। 

कार्यक्रममा सांसद उमेश श्रेष्ठले प्याब्सन आबद्ध विद्यालयमा अध्ययनरत करिब २५ लाख विद्यार्थीलाई संस्कृत लोकभाषा अभियानमा सहभागी गराउन भूमिका खेल्ने प्रतिबद्धता जनाए। धर्मसंस्कृतिको भण्डार रहेको संस्कृत भाषा संरक्षणका लागि नीतिनिर्माण एवं कार्यान्वयन तहबाट समेत सहयोग जुटाउन आफू लाग्ने उनको भनाइ छ।

नेपाल संस्कृत विश्वविद्यालय नेपाल प्राध्यापक संघका अध्यक्ष शम्भुराज गौतमले अर्को हप्ता संस्कृत वाङ्मयको उन्नयनका लागि वाङ्मय विमर्श कार्यक्रम आयोजना गर्न लागिएको बताए। 

प्याब्सनका सहअध्यक्ष डिके ढुङ्गानाले आफ्नो विद्यालय रेडियन्ट रिडर्स एकेडेमीमा चार वर्षअघिदेखि नै संस्कृत पठनपाठन भइरहेको बताए। बौद्ध धर्मगुरु आचार्य नुर्बु शेर्पाले संस्कृत भाषा अध्ययन गर्दा मानवका लागि फाइदा हुने भएकाले धर्म, राजनीति, जातीयता आदिको घेराभन्दा माथि उठेर यसलाई हेरिनुपर्नेमा जोड दिए।

Ncell 2
Ncell 2

कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले संस्कृत भाषामा रहेका प्राचीन ग्रन्थको अध्ययनअनुसन्धान गरी त्यहाँ भएको ज्ञान जनसमक्ष ल्याइनुपर्नेमा जोड दिए। कार्यक्रममा पूर्वसचिव जनार्दन नेपालले माध्यमिक विद्यालयमा अनिवार्य संस्कृत पठनपाठनको व्यवस्थासम्बन्धी कार्यपत्र प्रस्तुत गर्दै अनिवार्य पठनपाठन गर्न सके नैतिक एवं चरित्रवान् नागरिक बनाउन सहयोग मिल्ने उल्लेख गरे। 

संस्कृत लोकभाषा अभियानका विषयमा कार्यपत्र प्रस्तुत गर्दै भाषाशास्त्री प्रा डा माधवप्रसाद पोखरेलले लिच्छविकाल एवं त्यसभन्दा अघिदेखि नै नेपालमा प्रमुख भाषाका रुपमा संस्कृत बोलिने गरेकाले यो लोकभाषा भएको बताए। समयक्रममा यो भाषाको प्रयोग घटे पनि विभिन्न रुपमा यसको प्रयोग भइरहेकाले यो लोकभाषा भएकामा कार्यक्रमका वक्ताले जोड दिएका थिए।

विसं २००४ मा तीनधारा संस्कृत पाठशालामा अध्ययनरत विद्यार्थीले संस्कृत शास्त्रीय विषयका साथै आधुनिक अंग्रेजी, गणित, विज्ञानलगायत विषय पनि पढ्न पाउनुपर्छ भनी जयतु संस्कृतम् आन्दोलन गरेका थिए। यो नेपालको पहिलो विद्यार्थी आन्दोलन पनि हो।

सरकारले आन्दोलनकारी विद्यार्थीलाई उपत्यका कटाएपछि निरंकुश जहानियाँ राणाशासनविरुद्ध देशव्यापी रुपमा जागरण फैलाउँदै भारतको बनारस पुगेका थिए।

पूर्णप्रसाद ब्राह्मण, श्रीभद्र शर्मालगायतको नेतृत्वमा रहेका आन्दोलनकारीले त्यसबेला नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालालाई भेटी नेपालमा प्रजातन्त्र स्थापनामा सहयोग गरेका थिए। आन्दोलनको स्वर्ण महोत्सवका अवसरमा २०५५ सालमा जयतु संस्कृतम् नामक संस्था स्थापना भएको हो। संस्थाले संस्कृतको प्रवर्द्धनका लागि गतिविधि गर्दै आएको छ।

प्रकाशित मिति: शनिबार, भदौ २०, २०७७  २०:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस
लमजुङबाट देव गुरुङसहित प्रत्यक्षतर्फ १३ जना सिफारिस
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि
सम्बन्धित सामग्री
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
चाडपर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्छ : राष्ट्रपति प्रकृतिसँग अभिन्न सम्बन्ध रहेको किराँत समुदायको यस पर्वले नेपालका सबै जातजातिबीच आपसी सद्भाव अभिवृद्धि गर्नुका साथै पारिवारिक, सामुद... बिहीबार, मंसिर १८, २०८२
ताजा समाचारसबै
‘संज्ञान विमर्श’ को आठौँ शृंखला : पाटन क्याम्पसमा गरियो नाट्साहित्यमा बहस शनिबार, पुस १२, २०८२
लमजुङबाट देव गुरुङसहित प्रत्यक्षतर्फ १३ जना सिफारिस शनिबार, पुस १२, २०८२
जसपा नेपालको प्रदेशस्तरीय विरोध सभा आजदेखि शनिबार, पुस १२, २०८२
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै शनिबार, पुस १२, २०८२
बढ्यो अमेरिकी डलरको मूल्य शनिबार, पुस १२, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नागरिकता नियमावली चौथो पटक संशोधन शुक्रबार, पुस ११, २०८२
६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा (सूचीसहित) शुक्रबार, पुस ११, २०८२
प्रधानमन्त्री कार्कीले बोलाइन् शीर्ष नेताको बैठक शुक्रबार, पुस ११, २०८२
नवनियुक्त परराष्ट्रमन्त्रीले गरे पदभार ग्रहण शुक्रबार, पुस ११, २०८२
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक शुक्रबार, पुस ११, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
बालेनसँगको वार्तापछि बाहिरिए रवि, सञ्चारकर्मीसँग प्रतिप्रश्न- मेरो अनुहारले के भन्छ ? बिहीबार, पुस १०, २०८२
बंगलादेशमा कट्टरपन्थी भीड अनियन्त्रित, दीपुचन्द्रको हत्यापछि सात वर्षीया बालिकालाई जिउँदै जलाइयो आइतबार, पुस ६, २०८२
बालेनलाई भेटेपछि कांग्रेस नेता शर्माले भने- संसद् पुनर्स्थापनाबारे छलफल भयो बिहीबार, पुस १०, २०८२
६ वटा दल खारेज गर्ने आयोगको निर्णय, को–को परे? मंगलबार, पुस ८, २०८२
प्रधानमन्त्री निस्किएपछि राष्ट्रपतिसँग ओली, देउवा र प्रचण्ड पुनः छुट्टै छलफलमा मंगलबार, पुस ८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्