काउन्सिलले शनिबारको परीक्षाका लागि उपत्यका र उपत्यका बाहिर गरी १६ वटा केन्द्रमा परीक्षा लिन लागेको छ। हालसम्म काठमाडौंमा मात्र हुँदै आएको परीक्षा यसपटक उपत्यकाबाहिर पनि हुन लागेको हो।
भदौ १४ गतेको मन्त्रिपरिषद् बैठकले परीक्षा सञ्चालनका लागि अनुमति दिएसँगै काउन्सिलले परीक्षाको मिति तोकेको थियो। परीक्षा सञ्चालनका लागि काउन्सिलले निश्चित मापदण्ड भने पूरा गर्नुपर्ने हुन्छ। जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गरी परीक्षा सञ्चालन हुने छ।
काउन्सिलले नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान नर्सिङ भवन र अडिटोरियम भवनमा, काठमाडौं मेडिकल कलेज बेसिक साइन्स भवन दुवाकोट, महाराजगञ्ज मेडिकल क्याम्पस पहेंलो भवन र महाराजगञ्ज नर्सिङ क्याम्पस, बुढानीलकण्ठ स्कुल भोकेशनल ब्लक र साइन्स ब्लकमा परीक्षा केन्द्र तोकिएका छन्।
यसैगरी, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, विराट मेडिकल कलेज विराटनगर, लाहान प्राविधिक शिक्षालय लहान, जानकी मेडिकल कलेज जनकपुर, नेशनल मेडिकल कलेज वीरगञ्ज, देवदह मेडिकल कलेज बुटवल, कलेज अफ मेडिकल साइन्सेस भरतपुर, नेपालगञ्ज मेडिकल कलेज कोहलपुर र मणिपाल कलेज अफ मेडिकल साइन्सेस पोखरामा परीक्षा केन्द्र तोकिएको छ।
परीक्षामा ७९३ जना एमबिबिएस र २६७ बिडिएसका गरी १ हजार ६० जना सहभागी हुनेछन्।
काउन्सिलले लहानको परीक्षा केन्द्र भने परिवर्तन गरेको छ। यसअघि लाहानमा बाटिक टुरिजममा परीक्षा गर्न लागिएको थियो। तर अहिले उक्त केन्द्रको स्थानमा लाहान प्राविधिक शिक्षालयमा गर्न लागिएको काउन्सिलले जनाएको छ।
यसअघि काउन्सिलले लिँदै आएको लाइसेन्स परीक्षा लकडाउनका कारण प्रभावित भएको थियो। यही भदौ ७ गतेदेखि लाइसेन्स परीक्षा लिने भनिए पनि अवस्था सामान्य नभएको भन्दै काउन्सिलले उक्त परीक्षा स्थगित गरेको थियो। यसअघि चैत ८ गते तय भएको परीक्षा पनि स्थगित भएको थियो।
यी हुन् परीक्षा केन्द्र र परीक्षा दिने विद्यार्थीको रोल नम्बर





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।