हैदरावाद- उत्कृष्ट बलिङ प्रदर्शन गर्दै इन्डियन प्रिमियर लिग(आइपिएल)मा सनराइर्जस हैदरावाद घरेलु मैदानमा विजयी भएको छ। बिहिबारको खेलमा पंजाबलाई उसले १३ रनले पराजित गरेको छ।
पंजाबले टस जितेर फिल्डिङ रोजेको खेलमा हैदरावाद एक सय ३२ रनमा समेटिएको थियो। पंजाबका बलर अंकित राजपुतले ४ ओभरमा ५ विकेट लिएर १४ रन मात्र लिएपछि हैदरावादको ब्याटीङ कमजोर बन्न पुगेको थियो।
तर, उसका सबै बलरले उत्कृष्ट बलिङ प्रदर्शन गरेपछि पंजाब १९.२ ओभरमा एक सय १९ रनमा नै अलआउट हुन पुग्यो।
हैदरावादका लागि मनिष पाण्डेले सर्वाधिक ५४ रनको योगदान दिए। सकिब अल हसनले २८ तथा युसुब पठानले नटआाउट २१ रन जोडे।
जवाफी ब्याटिङमा पंजाबका केल राहुल र क्रिस गेलले ५५ रनको आपेनिङ साझेदारी गरी जितको लागि बलियो आधार बनाएका थिए। तर, ७.५ ओभरमा हैदरावादका अफगानी बलर रसिद खानले राहुललाई बोल्ड गरेपछि लगातार पंजाबको विकेट गुमेको थियो। राहुलले ३२ तथा गेलले २३ रन बाहेक पंजाबका लागि अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन्।
हैदरावादका लागि सर्वाधिक विकेट रसिद खानले लिए। ४ ओभरमा ३ विकेट लिएर उनले १९ रन दिएका थिए।
५ विकेट लिएका पंजाबका बलर अंकित म्याद अफ दी म्याच भए। यो सिजनको आइपिएलमा उनले बलिङमा उनले उत्कृष्ट रेकर्ड कायम गरेका छन्।
बिहिबारको खेलपछि हैदरावाद दोस्रो तथा पंजाब तेस्रो स्थानमा छन्। ७/७ खेल खेलेका दुवै टिमले ५/५ खेलमा जित निकालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।