काठमाडौं- श्रीमती हत्याको आरोपमा काठमाडौं महानगरपालिका-२९ अनामनगर बस्ने बर्दिया बाँसगढी नगरपालिका-९ घर भएका ३६ वर्षीय अजय विकलाई प्रहरीले पक्राउ गरेको छ।
आफ्नै श्रीमती ३३ वर्षीया पार्वती खड्काको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा उनलाई प्रहरीले पक्राउ गरेको हो।
घरायसी विवादमा विकले पार्वतीलाई छुरा प्रहार गर्दा गम्भीर घाइते भएकी थिइन्। छुरा प्रहार भएको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घाइते पार्वतीको बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।