• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, माघ ३, २०८२ Sat, Jan 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

पहिरो पीडितको एक महिना : राहतका नाममा एउटा त्रिपालमात्र

64x64
शेरबहादुर ऐर शुक्रबार, भदौ १९, २०७७  १३:३९
1140x725

चुरे (कैलाली)–कैलालीको चुरे गाउँपालिका ५ पट्रेनी। कौशिला हरखालीमगर पालमुनि बसिरहेकी थिइन्। काखमा थिए नाबालक छोराछोरी। बाढीपहिरोले घरबार लगेपछि उनी पालमुनि बस्न थालेको करिब एक महिना भइसकेको छ। पहिरोले अन्नपात पनि सबै बगायो। उनलाई हरेक दिन नाबालक छोराछोरीलाई के खुवाउने भन्ने चिन्ताले पिरोल्ने गरेको छ। उनले भनिन्, ‘म त केही दिन नखाएरै पनि बस्न सक्छु, तर बालबच्चालाई के खुवाउने होला?’ 

गत साउनमा आएको पहिरोले उनको घर पुरेको थियो। त्यसपछि नेपाल रेडक्रस सोसाइटी कैलालीको सहयोगमा जिल्ला प्रशासन कार्यालयले उनलाई त्रिपाल उपलब्ध गरायो। उनलाई चुरे गाउँपालिकाले भीमदत्त राजमार्गको छेउमा पर्ने बेल्चप्लानमा बसोबास गराएको छ।

उनले भनिन्, ‘अहिले म सडकछेउमा त्रिपालमुनि रात काट्दैछु। राहतको नाममा यही एउटा त्रिपालबाहेक केही पाएको छैन, हरेक दिन छाक टार्नै धौ–धौ भइसक्यो।’ 

चुरे गाउँपालिका दुहुँका दल्ले बोहरा पनि एक महिनादेखि त्रिपालमुनि बसिरहेका छन्। 

सडकको छेउमा पाल टाँगेका उनले सुत्नका लागि बोराहरू विछ्याएका छन्। ‘सरकारले हामीलाई यही एउटा त्रिपाल दिएको छ। हामीसँग अन्नपात केही पनि छैन। छाक टार्न समस्या छ’, हातमा पोलेको मकै देखाउँदै उनले भने, ‘यही खाएर दिन गुजारिरहेका छौं।’ 

Ncell 2
Ncell 2

पहिरोले उनको घर पुरेपछि अन्नपात पनि सबै त्यसैमा पुरियो। ‘बजारबटी खानालाई थोडथोडा सामान उधारो ल्याउँछौं, पैसा नि नाइ छि क्या अर्नु,’ उनले स्थानीय लवजमा भने।

सरकारले लकडाउन खुकुलो बनाएपछि खानीडाँडा बजार पनि खुलेको थियो। भदौ ४ गतेपछि जिल्ला प्रशासन कार्यालय कैलालीले निषेधाज्ञा जारी गर्‍यो। त्यसपछि पसल पनि बन्द भए। दल्ले बोहराले भने, ‘पसल खुला हुँदा साहुहरूले हामीलाई उधारोमै भए पनि अन्नपात दिइरहेका थिए। अहिले खानालाई सामान ल्याउँ भने पसलले पनि दिन मान्दैनन्।’
साउनको पहिरोले चुरे गाउँपालिका ५ पट्रेनीका लालबहादुर मगरको घर तथा अन्नपात सबै बगायो। उनी पनि अहिले पालमुनि बसिरहेका छन्। उनले भने, ‘हामीले के गरेर खाने? कसरी जिविकोपार्जन गर्ने भन्ने समस्या छ।’ उनले पनि सरकारले त्रिपालबाहेक अरु केही पनि सहयोग नगरेकोे गुनासो गरे। भने, ‘यो त्रिपालले पानी पनि रोक्दैन।’

पट्रेनीकै हर्कबहादुर अरखालीमगरले जनप्रतिनिधिहरू आए पनि सोधपुछ गरेर आश्वासनमात्र दिएर जाने बताए। उनले थपे, ‘एक महिनाभन्दा बढी भयो, आश्वासनको त बाढी नै आयो, तर राहत वा अरु केही पनि पाइएन।’ 

सडकमाथि त्रिपालमुनि बस्दा चिसोले स्वास्थ्यमा समस्या पनि देखिन थालेको बताए। ‘बालबालिका र वृद्धवृद्धालाई त झन् समस्या भएको छ। अहिलेसम्म संघसंस्था र राज्यका कुनै निकाय पनि आएका छैनन्,’ उनले भने। 

गत साउन १७ गते राति आएको भारी वर्षा र पहिरोले चुरे गाउँपालिका ५ को पट्रेनी, दुँहु, राज वन र गुणीगाँउका समेत ४६ घरधुरी विस्थापित भएका छन्। तीमध्ये २० घरमा क्षति पुगेको छ। विस्थापितहरू एक महिनादेखि भीमदत्त राजमार्गको छेउमा बस्दै आएका छन्।

पूर्ण रूपमा विस्थापित भएका गुणीगाउँमा २५ किलो चामल वितरण गरिएको चुरे गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का वडाध्यक्ष नरबहादुर तामाङले बताए। उनले गाउँपालिकाको बैठक बसेर अन्य गाउँका बिस्थापितहरूलाई राहत वितरण गर्न तयारी भइरहेको जानकारी दिए। उनले पहिरो पीडितहरूको तथ्यांक सकलन गरेर राहतका लागि कैलाली जिल्ला प्रशासन कार्यालय र सुदूरपश्चिम प्रदेश सरकारसँग पहल भइरहेको बताए।

प्रवक्ता तामाङले भने, ‘हामीले पहिरो पीडितहरूलाई केही दिनका लागि मात्रै सडक छेउमा राखेका छौं। पुनस्र्थापनाका लागि उपयुक्त स्थानको खोजी गरिरहेका छौं।’ 
 

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  १३:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
शेरबहादुर ऐर
शेरबहादुर नेपाललाइभका संवाददाता हुन्
लेखकबाट थप
अदालतमै चलिरहेको रिटको बेवास्ता गर्दै धनगढीमा जग्गासम्बन्धी कार्यविधि लागू
धनगढीको सरकारी गाडी चेकजाँचका क्रममा रोक्दा नगर प्रमुख हमालको प्रहरीमाथि आक्रोश– ‘कैलाली जिल्ला प्रहरी?’
स्थानीय तहमा जथाभावी नदिजन्य पदार्थ उत्खनन बढ्दो
सम्बन्धित सामग्री
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
आज क्रिसमस डे मनाइँदै, देशभर सार्वजनिक बिदा आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई क... बिहीबार, पुस १०, २०८२
जुम्लामा ‘ठूली भैली’ शुरु कर्णालीमा पुस महिनामा सबैले सबै काम सकाएर बसिरहेको वेला सबै मिलेर रमाइलो गर्दै हिउँदको महिनामा ठूली भैलो खेल्ने चलन छ। औँसीदेखि पञ्च... सोमबार, पुस ७, २०८२
ताजा समाचारसबै
‘काँग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँ’ : सभापति थापा शनिबार, माघ ३, २०८२
कांग्रेस केन्द्रीय समिति बैठक बानेश्वरमा, टिकट बाँड्न बनायो संसदीय बोर्ड शनिबार, माघ ३, २०८२
गगनलाई बधाई दिंदै सुजाताले भनिन् : ‘पार्टी फुटेको होइन, परिवर्तन आएको हो’ शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष अदालत जाने शनिबार, माघ ३, २०८२
टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
पेट्रोलियम पदार्थको मूल्य घट्यो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको आक्रोश – निर्वाचन आयोगले विधि र प्रक्रियाको धज्जी उडायो शुक्रबार, माघ २, २०८२
देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै शनिबार, माघ ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
इरानमा प्रदर्शन तीव्र, प्रदर्शनकारीमाथि गोली प्रहारको आदेश, संसदमा लाग्यो ‘डेथ टु अमेरिका’को नारा आइतबार, पुस २७, २०८२
सम्पत्ति शुद्धीकरण र संगठित अपराधका अरू प्रतिवादीको पनि मुद्दा फिर्ता शुक्रबार, माघ २, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्