काठमाडौं-रातो मच्छिन्द्रनाथको क्षमा पूजा गरिएको छ। शुक्रबार ८ जना पुजारीको सहभागितामा क्षमा पूजा गरिएको रातो मछिन्द्रनाथ पुजारी संघका अध्यक्ष यज्ञरत्न शाक्यले बताए।
‘बुंगमतिका भैरवनाथको क्षमा पूजा गरेर पुल्चोकमा आएर क्षमा पुजा गरिएको हो।
कोरोना भाइरस महामारीले गर्दा यो वर्ष सरकारले जमघटमा प्रतिबन्ध लगाएको छ। संक्रमण फैलने त्रासको कारणले यो वर्ष मनाइने सबै जात्रा स्थगित गरिएको छ।
तर रातो मछिन्द्रनाथको रथ भने बिहीबार एकाएक तानिएको थियो। स्थानीयले रथ तानेपछि जम्मा भएको भीड रोक्न प्रहरीले रोक्न खोजेपछि स्थानीय र प्रहरीबीच झडप भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।