• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

कोरोनासँग लड्दालड्दै सपरिवार संक्रमित भयौं

मीनराज जोशी शुक्रबार, भदौ १९, २०७७  १२:३४
1140x725

साउन अन्तिमतिर स्वास्थ्य कार्यालय दार्चुलाबाट आएको खबरले स्तब्ध बनाएको थियो। लामो मिहिनेतले नियन्त्रण भइसकेको भ्यागुते रोग एक्कासी समुदायमा देखापरेको भन्ने खबर आएको थियो। राष्ट्रिय खोप कार्यक्रमका लागि यस्तो खबर शुभ लक्षण थिएन। 

चालु आर्थिक वर्षमा प्रदेशस्तरबाट संचालन गरिने स्वास्थ्यका कार्यक्रमहरूको कार्य सञ्चालन निर्देशिका बनाउनुका साथै कोभिड-१९ सम्बन्धी सेवा र अन्य नियमित क्रियाकलाप गर्नुपर्ने भएकाले कार्यालयमा कार्यव्यस्तता थियो। मलाई भने यही बेला थकान बढ्दै गएको थियो। शरीरमा असहज भएजस्तो पनि महसुस भइरहेको थियो। 

थला नपरुन्जेल बिरामी भएको महसुस नगर्ने र अन्तिम अवस्थामा मात्र स्वास्थ्यकर्मीको सम्पर्कमा जाने आम नेपाली विशेषता हो भन्दा अतिशयोक्ति नहोला। त्यस्तै विशेषताबाट म पनि अछुतो छैन। मेरो झोलामा दुखाइ कम गर्ने, बान्ता रोक्ने, ग्यास्ट्रिक र एन्टिबायोटिक गरी हरेकको एक पत्ता औषधि प्रायजसो सधैं भइरहन्छ। यसपल्ट पनि त्यस्तै भयो, ज्वरो आउला जस्तो, जिउ दुखे जस्तो, र शरीरमा थकान महसुस भए जस्तो।  आफूसँग भएको प्राथमिक उपचारको सामग्री लिएँ। पूर्ववत् रुपमा काम गर्नका लागि शरीरलाई बाध्य बनाएँ। 

दार्चुलामा आउटब्रेक भएको भ्यागुते रोग समुदायस्तरमा खोजपड्ताल र प्रभावितको उपचार व्यवस्थापनसमेत गर्न प्रदेश स्वास्थ्य निर्देशक र परिवार कल्याण महाशाखाबाट निर्देशन भएको थियो। यसपछि हामीले सर्भिलेन्स मेडिकल अफिसर र जिल्लाका खोप अधिकृतसहितको टोली बनाई दार्चुलाको यात्रा तह गर्‍यौं। तर शरीरको अवस्था अनुकुल थिएन। जिम्मेवार निकायमा बसेर जिम्मेवारी लिइसकेपछि सधैं आफ्नो मात्रै अनुकल हेर्न नैतिकताले पनि दिँदैन। त्यसमा पनि निर्देशक डा. गुणराज अवस्थीसँग काम गर्दा  पर्‍यो भने उहाँको स्पिडसँगै हामीले साथ दिनुपर्छ। यसै कुराले हामीहरुलाई आफ्नो काम समयमै सम्पन्न गर्न प्रेरित गरिरहन्छ। 

पूर्वनिर्धारित समयअनुसार हामी दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिकाका लागि प्रस्थान गर्‍यौं। प्रायः सबैजसो यात्रामा मलाई केही न केही असहज महसुस भइरहन्छ। यस पटक पनि यसैको निरन्तरता होला भन्ने मलाई लाग्यो। त्यसैमा चित्त बुझाएँ। डडेल्धुराबाट जति उकालो लाग्यो, उति नै वाकवाकी भइरह्यो। रिंगटा लाग्ने क्रम पहिलेभन्दा बढी भएजस्तो महसुस हुन थाल्यो। तैपनि आफ्नो जिम्मेवारीबोधले गर्दा हार मान्न दिएको थिएन। मानसिक रूपमा सशक्त भए पनि शारिरिक रूपले अशक्त भएको महसुस हुन थालेको चाँहि थियो त्यतिबेलै। 

कोरोना संक्रमण कुनै अपराध होइन। यो एउटा रोग मात्रै हो। संक्रमितलाई अपराधीको जस्तो व्यवहार नगरौं। सकिन्छ सद्भाव देखाऔं, सकिन्न भेदभाव नगरौं।

खोड्पे र पाटनको मध्य भागतिर पुगेपछि गाडीबाट ओर्लिन खोज्दा आँखामा अन्धकार छायो। आँखा खोल्दा सहयात्री तीनै जना मलाई बिच सडकबाट उठाउन प्रयास गरिरेका थिए। जिउ सयौं मान्छेले एकैपटक कुटेको जसरी दुख्न थाल्यो। बेहोसीमा सडकमा पछारिएछु। अनुहार र शरीरको अन्य भागहरुमा सामान्य चोट लागिसकेछ। रगत बगिरहेको थियो। केही छिनको विश्रामपछि फेरि यात्रा निरन्तर अगाडि बढ्यो। 

बाटोमा पर्ने पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य चेकजाँच गराउँदा रक्तचाप अलि घटेको प्रमाणित भयो। त्यसैको कारणले गाडीबाट लड्न पुगेको निष्कर्ष निकालेँ। गाडीको यात्रा सकिएपछि पनि भ्यागुते रोग फैलिएको भनिएको समुदायसम्म पुग्न झन्डै दुई घण्टाको पैदल यात्रा गर्नुपर्ने भयो।

Ncell 2
Ncell 2
nimb
nimb

भ्यागुते रोग फैलिएको क्षेत्रका समुदायमा अवलोकन र मूल्याङ्कन गर्दै जाँदा घरका अधिकांश बालबालिकाले एउटा पनि खोप नलगाएको पाइयो। सबै बालबालिका १२ वर्षमाथिका भएकाले पुरानो कुरा कोट्याउनु उचित लागेन। परिवार कल्याण महाशाखाले उपलब्ध गराएको गाइडलाइनअनुसार शंकास्पद बिरामीको व्यवस्थापन गर्ने कार्य सम्पन्न भयो। पूर्वनिर्धारित कार्यक्रम सम्पन्न गरी फर्किने बेलासम्म शरीरमा थप कमजोरी तथा स्वाद र गन्धको भेउ नपाउने अवस्था सृजना भैसकेको थियो। तापनि मैले कोरोना संक्रमणको आशंका गर्न सकिनँ। 

घर फर्कंदा श्रीमती र छोरीलाई झन्डै मेरो जस्तै लक्षण देखिन थालिसकेको थियो। सेती अस्पतालमा नर्सका रूपमा कार्यरत उनले भोलिपल्ट नै पिसिआर परीक्षणका लागी स्याम्पल दिएकी थिइन्। त्यसको नतिजा एकछिन रणभुल्लमा पार्‍यो। उनको नतिजा आएको भोलिपल्ट मेरो र छोरीको परीक्षण समेत पोजेटिभ आएपछि हामीलाई झन् शून्यताको अवस्थामा पुर्‍यायो। अवस्था जति नै खराब भएपनि आफैले आफैलाई सम्हाल्नुको विकल्प हामीसँग थिएन। अन्तमा हाल बसिरहेको क्वार्टर (डेरा)मा सेल्फ आइसोलेसन बस्ने निर्णय गरियो जुन आजका मिति सम्म निरन्तर चलिरहेको छ।

सामाजिक अवहेलना
हामी सपरिवार संक्रमित भएको सूचना म र मेरो परिवारको सम्पर्कमा आएका व्यक्तिहरूलाई मात्र दिन चाहन्थेँ। कन्ट्याक्ट ट्रेसिङ्गका लागि यस्तो सूचना महत्वपूर्ण मानिन्छ। तर मेरो डेरासँगैको क्वार्टरमा बस्ने धिरज बोहराले परिवारको विवरण खुल्ने गरी सामाजिक संजालमा अपमानजनक तवरले क्वार्टरमै आइसोलेसनमा बसेको कुरा सार्वजनिक गरे। मेरो नजरमा अनैतिक र गैरकानुनी काम उनले गरेका थिए। यो कुराले मलाई आक्रोशित पनि बनायो। विस्तारै उनको पृष्ठभूमि सम्झिएँ, उनीबाट यतिको व्यवहार हुनु स्वाभाविक थिएन। 

दिनेश खबर पत्रिका लामो समयदेखि सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयविरुद्ध पितपत्रकारिता गर्दै आएको बताइन्थ्यो। सोही खबर पत्रिकाले मेरो व्यक्तिगत विवरणको हेडलाइन बनाउँदै समाचार सार्वजनिक गरी थप मर्माहत बनायो। जुन कुरा नेपालको संविधान प्रदत्त गोपनीगताको मौलिक हकविरुद्ध पनि थियो।

आइसोलेसन शुरु भएदेखि भोग्दै आइरहेका माथिका घटना त सामाजिक अवहेलनाका प्रतिनिधिमूलक मात्रै हुन्। विगत केही दिनदेखि यस्ता सामाजिक भेदभाव र अवहेलनाको पुलिन्दा तयार भएको छ। हामी स्वास्थ्यकर्मी कर्तव्यपालनका सिलसिलामा कोरोनाको संक्रमण हुनु सामान्य कुरा हो। तर समाजका व्यक्ति र सञ्चारमाध्यमले संक्रमितलाई अपराध जसरी वर्णन गर्नु आफैंमा निकृष्ट कार्य हो।

सरकारसँग अपेक्षा
देशमा बन्दाबन्दी भएपश्चात स्थायी सरकार मानिने कर्मचारीतन्त्रको आधाभन्दा बढी हिस्सा घरमा बसीबसी तलबभत्तालगायतका सेवासुविधा बेसरम ढंगले लिइरहेकै छ। राज्यको नजरमा हेपिएका र छिटफुट लाग्ने स्वास्थ्यकर्मीहरू दिनरात नभनी आफ्नो जिम्मेवारी पूरा गरिरहेकै छन्। कोभिड-१९ महामारीमा स्वास्थ्यकर्मीहरू तेहरो मारमा छन्। पहिलो त बन्दाबन्दी र निषेधाज्ञा छ। दोस्रो कोभिडसँगै नियमित काममा झन् बढी खटिनुपरेको छ। सामाजिक दुर्व्यवहारको सिकार र राज्यको उपेक्षा स्वास्थ्यकर्मीमाथि झन् बढेको छ।

समाजका व्यक्ति र सञ्चारमाध्यमले संक्रमितलाई अपराध जसरी वर्णन गर्नु आफैंमा निकृष्ट कार्य हो।

यो महामारीमा जुध्ने क्रममा नै जोखिम मोलेर काम गर्नुपर्ने भएकाले स्वास्थ्यकर्मी र उनीहरूका परिवारसमेत संक्रमित हुने संख्या दिनदिनै बढिरहेको छ। संक्रमित भएपछि हुने सामाजिक दुर्व्यवहारका घट्नामा समेत वृद्धि भैरहेको छ। यस्तो बेला राज्यका प्रशासनिक निकायमा बस्ने व्यक्तित्वले संक्रामक रोग ऐन २०२० र मुलुकी अपराधसंहिताबारेमा अन्तर्वार्ता मात्रै दिँदै हिड्नुभन्दा सामाजिक दुर्व्यवहार गर्ने यस्ता व्यक्ति र संस्थालाई कानुनबमोजिम कारबाही गरी संक्रमितको मनोबल उच्च बनाउन सहयोग गरोस् भन्ने अपेक्षा छ। 

हरेक दिन कोराना संक्रिमितको संख्या बढिरहेको छ। तत्कालै नियन्त्रण हुने संकेत छैन। सिमित श्रोत साधन भएको हाम्रो जस्तो देशमा संक्रमितको संख्या यसरी तीव्र गतिमा वृद्धि हुनु शुभसंकेत होइन। विश्व स्वास्थ्य संगठनकाअनुसार पनि जम्मा संक्रिमितको झन्डे बीस प्रतिशतमा सामान्यदेखि जटिल लक्षणहरु देखिने र यीमध्ये केहीलाई अक्सिजन सप्लाईको आवश्यकता पर्ने र केहीलाई सघन अपचार कक्षमा राखी उपचार गर्नुपर्ने हुन्छ। 

संक्रमितको संख्या यसरी दिनदिनै बढदै जाने हो भने सबै लक्षण भएका बिरामीलाई अस्पतालमा भर्ना गरेर राख्न नसक्ने अवस्था आउँछ। यस्तो अवस्था आउनु अगाबै सरकारले निजी क्षेत्र र समुदायसँग मिलेर समुदायस्तरमा अक्सिजन सिलिन्डर र बिरामीको रगतमा अक्सिजनको मात्रा पत्ता लगाउने मेसिन उपलब्धताको सुनिश्चितता गर्नु पर्दछ। यसले लक्षण भएका र अक्सिजनको मात्रै आवश्यकता भएका बिरामीको समुदाय स्तरमै व्यवस्थापन गर्न सहज हुनेछ। साथै अस्पतालहरुमा जटिल समस्या भएका बिरामीहरूको व्यवस्थापन सहज गर्न सकिने छ।

अन्तमा, 
कति जना त तपाईंको उपचार, तपाईं र तपाईंको परिवारलाई सुरक्षा प्रदान गर्ने दौरानमा संक्रमित भएका छन्। यतिबेला उनीहरूलाई तपाईंको मिठोबालीको, सद्भावको, र सान्त्वनाको खाँचो छ। त्यसैले कोरोना संक्रमण तपाईंहामी जो कोहीलाई पनि जति बेला पनि हुन सक्ने संभावना छ। 

(मीनराज जोशी स्वास्थ्य निर्देशनालय, दिपायलमा कार्यरत स्वास्थ्यकर्मी हुन्। उनी सपरिवार कोरोना संक्रमित भई हाल धनगढीमा सेल्फ आइसोलेसनमा बसिरहेका छन्।)

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  १२:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
कालीमाटीमा ठूलो गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, काउली १०० रुपैयाँ बुधबार, असोज ७, २०८३
मासु जाँच ऐन कार्यान्वयनमा कडाइ, १२ टास्क फोर्स प्रदेश र स्थानीय तहमा परिचालन बुधबार, असोज ७, २०८३
आज तीन वटा संसदीय समितिका बैठक बस्दै बुधबार, असोज ७, २०८३
आईएमईसीलाई ट्रम्प प्रशासनको बलियो समर्थन बुधबार, असोज ७, २०८३
एमाले केन्द्रीय कमिटीको बैठकको तेस्रो दिन पनि केन्द्रीय सदस्यहरूले धारणा राख्ने बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्