काठमाडौं– प्रतिश जिसीले चार विकेट लिएपछि फस्ट मनमोहन मेमोरियल यु-१६ इन्टर प्रोभिन्स क्रिकेटको उद्घाटन खेलमा प्रदेश नम्बर ३ ले प्रदेश नम्बर १ लाई २ विकेटले पराजित गरेको छ।
मनमोहन मेमोरियल क्रिकेट सेन्टर आयोजना गरेका प्रतियोगिताको पहिलो खेल त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको थियो । सो खेलमा प्रदेश नम्बर तीनले १ सय २० रनको लक्ष्य ८ विकेट गुमाउँदै २८ ओभरमा पूरा गर्यो।
टस जितेर ब्याटिङ रोजेको प्रदेश नम्बर एकले खराब शुरुवात गरेको थियो । टिमले खाता नखोल्दै २ विकेट गुमाएको प्रदेश नम्बर एकले ६ विकेट गुमाउँदै निर्धारित ३० ओभरमा १ सय १९ रन बनाउन सक्यो । प्रदेश नम्बर एकका विवेक मेहताले ६५ बल खेल्दै नटआउट ५६ रन बनाएका थिए। मेहताले आफ्नो इनिङमा चार चौका र एक छक्का प्रहार गरेका थिए ।
प्रदेश नम्बर एकका लागि अभिषेक बराल र विवेक मेहताले ४५ रनको साझेदारी गरेका थिए । बरालले ४२ बल खेल्दै २० रन बनाए। त्यसैगरी छैठौ विकेटका लागि मेहता र दीपेश कडेलले २४ रन बनाएका थिए। प्रदेश नम्बर एकको इनिङ सम्हालेका मेहताले ६१ बलमै ५० रन बनाएका थिए। प्रदेश नम्बर एकका तीन ब्याट्सम्यानले खाता समेत खेल्न सकेनन् । राजन मगर, अंकित श्रेष्ठ र नभनीत कर्ण शुन्यमा आउट भए । लभ कामतले १ र विवेक बुढाथोकीले २ रन बनाए । प्रदेश नम्बर एकले १६ रन अतिरिक्तबाट प्राप्त गरेको थियो ।
जवाफी ब्याटिङ गरेको प्रदेश नम्बर तीनका लागि सुशान्त कार्कीले ३२ रन बनाए। त्यसगरी अशोक पौडेलले २४, अभिषेक बस्नेतले १९ रन बनाए। त्यसैगरी प्रदेश नम्बर तीनका ओपनरहरु दीपक बोहोराले ६ र ऐश भट्टराईले १० रन बनाए। संभव श्रेष्ठले १२, सन्देश कार्की र अदित सुवेदीले १–१ रन बनाएका छन्। प्रतिश जिसी पहिलो बलमा आउट भएका थिए। प्रदेश नम्बर एकका लागि लभ कामत, दीपेश कडेल, श्रवण किस्कु, समीर तिमल्सिना र विवेक मेहताले एक एक विकेट लिए ।
६ ओभरमा बलिङ गरेका म्यान अफ द म्याच जिसीले एक मेडन ओभर ११ रन दिएर ४ विकेट लिए । त्यसैगरी गौरव कटवालले एक विकेट लिए । प्रदेश नम्बर एकका एक खेलाडी रन आउट भएका थिए ।
६ दिन चाल्ने प्रतियोगितामा शुक्रबार बिहान समूह एका प्रदेश नम्बर चार र प्रदेश नम्बर २ र दिउँसो सोही समूहका प्रदेश नम्बर ५ र प्रदेश नम्बर ७ बीच खेल हुने छ । समुह ए मा प्रदेश नम्बर एक, तीन र ६ रहेको छ भने समूह बीमा प्रदेश नम्बर २, ४, ५ र ७ रहेको छ । शीर्ष स्थानमा रहने टुई टोली सेमीफाइनलमा प्रवेश गर्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।