काठमाडौं- ललितपुरमा खटिएका ट्राफिक प्रहरी कमल घिमिरेमाथि हातपात गर्ने ९ जना पक्राउ परेका छन्। ट्राफिक प्रहरी घिमिरेमाथि हातपात गर्ने ९ जनालाई पक्राउ गरिएको ललितपुरका डिएसपी सन्तोष तामाङले जानकारी दिएका हुन्।
रातो मच्छिन्द्रनाथको जात्राका क्रममा प्रहरीसँग झडप भएपछि उनीहरूले प्रहरीमाथि नै आक्रमण गरेका थिए। घाइते घिमिरेको अवस्था स्थिर रहेको ट्राफिक महाशाखाका एसएसपी भिम ढकालले बताए। घाइते अवस्थामा उद्धार गरी उनलाई उपचारका लागि अल्का अस्पताल भर्ना गरिएको छ। उनको टाउको र हातमा चोट लागेको छ।
निषेधाज्ञाको उल्लंघन गरेर रथ तान्न थालेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको थियो।
पक्राउ पर्नेमा ललितपुर मनपा वडा १६ गावाहाल, वर्ष ४० का महेश बज्राचार्यलगायत छन्। उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
थप पक्राउ पर्नेहरू
-ललितपुर-११ बंगलामुखी, बर्ष ३९को पृथ बिन्दु महर्जन
-ऐ वडा २१ बस्ने बर्ष ३८ को अशोज कुमार महर्जन
-ऐ वडा ६ बस्ने बर्ष ३६ को रवि शाक्य
-ऐ वडा १६ बस्ने बर्ष ४० को रविन शाक्य
-महालक्ष्मी नपा वडा १ इमाडोल बस्ने बर्ष ४३ को सुविन शाक्य
-ऐ इमाडोल को ध्रुवराज बज्राचार्य, बर्ष ४७
-भक्तपुर ठिमी-८, बर्ष ३२ को श्याम श्रेष्ठ
-का. जि. कामनपा वडा १६ बस्ने बर्ष ४०को यादवलाल कायस्थ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।