बुटवल- सेवाग्राहीसँग घुस लिएको अभियोगमा रोहिणी गाउँपालिका- २ का वडाध्यक्ष सरोजकुमार पाण्डेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएकाे छ। आयाेगकाे बुटवल कार्यालयकाे टाेलीले नियन्त्रणमा लिएको छ।
सहकारीबाट अनुदानका लागि सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग ४५ हजार घुस मागेको सूचनापछि अख्तियारले स्टिङ अप्रेसनकाे याेजना बनाएकाे थियाे। वडाअध्यक्षले २० हजार रुपैयाँ लिएपछि अख्तियारले पक्राउ गरेकाे हाे। आयाेगसँग भएकाे पैसाकाे प्रमाणका आधारमा वडाध्यक्ष पाण्डेलाई नियन्त्रणमा लिइएको अख्तियारले जनाएकाे छ। अख्तियारले नै उक्त रकम दिएर पठाएकाे थियाे।
पाण्डेलाई वडा कार्यालय परिसरबाटै नियन्त्रणमा लिएर थप अनुसन्धान थालिएको आयाेगले जनाएकाे छ। उनलाई केन्द्रिय कार्यालय काठमाडाैं पठाइएकाे छ। विस्तृत अध्ययनपछि विशेष अदालतमा भ्रष्टचार मुद्दा आयाेगले दायर गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।