फाइल तस्बिर
काठमाडौं–प्रशासनले जारी गरेको निषेधाज्ञा तोड्दै ललितपुरमा रातो मच्छिन्द्रनाथको रथ तान्न थालिएको छ। प्रहरीको अवरोधका बीच स्थानीय युवा र गुठीयारहरूले रथ तानेका हुन्। यसअघि गत साउन १० गते नै मच्छिन्द्रनाथलाई रथारोहण गरिएको भए पनि निषेधाज्ञाका कारण रथ तानिएको थिएन।
मलमास अगाडि नै मच्छिन्द्रनाथलाई बुंगमती लैजानुपर्ने परम्परा छ। सोहीकारण स्थानीय सयौंको संख्यामा जम्मा भएर रथ तानेका हुन्। प्रहरीले सुरूमा रोक्न खोजे पनि सयौंको संख्यामा आएका जनतालाई रोक्न सकेको थिएन।
रथ तान्ने अधिकांशले मास्क लगाएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।