काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले आफ्ना सवै सदस्य राष्ट्रलाई टी–२० अन्तर्राष्ट्रिय मान्यता दिने निर्णय गरेको छ। कोलकाता बसेको बोर्ड बैठकले आइसिसीमा आवद्ध १ सय ४ राष्ट्रका पुरुष तथा महिला टिमलाई टी–२० मान्यता दिने निर्णय गरेको हो।
आइसिसीका सिइओ डेभिड रिचार्डसनले बिहीबार कोलकतामा पत्रकार सम्मेलन गर्दै टी–२० का लागि नयाँ तरिकाको वरियताको आधार तय गरिने बताए।
यसअघि १८ राष्ट्रलाई टी–२० को मान्यता दियो। आइसिसीका १२ पूर्ण सदस्यसहित स्कटल्यान्ड, नेदरल्यान्ड्स, हङकङ, यूएई, ओमान र नेपाललाई टी–२० को मान्यता थियो।
अब सवै देशका महिला टिमलाई जुलाई १ देखि तथा पुरुष टिमलाई २०१९ को जनवरीदेखि टी–२० मान्यता दिइनेछ। साथै आइसिसीले सन् २०२१ मा गर्ने भनेको च्याम्पियन्स ट्रफी नगर्ने भएको छ। आइसिसीले सन् २०२१ च्याम्पियन्स ट्रफीको सट्टा टी–२० विश्वकप गर्ने निर्णय गरेको छ। त्यसअघि २०२० मा पनि टी–२० विश्वकप हुँदैछ। योसँगै दुई वर्ष भित्र २ पटक टी–२० विश्वकप हुने भएको छ।
सन् २०१९ देखि २०२३ सम्म हुने आइसिसीका प्रतियोगिता
एकदिवसीय विश्वकप – २०१९, २०२३
टी–२० विश्वकप- २०२०, २०२१
विश्व टेस्ट च्याम्पियनसिप फाइनल – २०२१, २०२३
विश्व टेस्ट च्याम्पियनसिप
२०१९ देखि २०२१ सम्म (पहिलो चरण)
२०२१ देखि २०२३ सम्म (दोस्रो चरण)
विश्वकप छनोट लिग – २०२० देखि २०२२ सम्म
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।