प्रतीकात्मक तस्बिर
हुम्ला- हुम्लामा आगलागीबाट ७ घर जलेका छन्। सर्केगढ-७ ठूलोगाउँस्थित बाहुँनडाँडामा ७ घर जलेर नष्ट भएको हुम्लाका डिएसपी सुर्यप्रकाश सुवेदीले जानकारी दिए। उनका अनुसार अझसम्म पनि आगलागी नियन्त्रणमा आएको छैन। तर स्थानीय प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिने प्रयास जारी छ।
स्थानीय जाखे जैसीको घरको चुलोबाट गाउँमा आगलागी भएको हो। बेलुका साढे ७ बजेबाट आगलागी भएको र तत्कालैदेखि नियन्त्रणमा लिने प्रयास जारी भए पनि नियन्त्रण गर्न नसकिएको डिएसपी सुवेदीले जानकारी दिए।
आगलागीबाट जोखे जैसी, हरिभक्त जैसी, अतिलाल जैसी, देवीसिंह जैसी, रूपकला जैसी र मथान जैसीको घर पूर्ण रूपमा क्षति भएको बताइएको छ।
आगलागीको पूर्ण विवरण प्राप्त भएको छैन। आगलागी भएको क्षेत्र सदरमुकामबाट टाढा भएको र रातको समय भएकाले आगलागीलाई नियन्त्रणमा लिन असहज हुनुका साथै विवरण प्राप्त हुनसमेत ढिला भएको डिएसपी सुवेदीको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।