काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले डा युवराज खतिवडालाई नै राष्ट्रियसभा सदस्यमा पुनः सिफारिस गर्ने अडान लिएका छन्। अर्का अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा प्रधानमन्त्री ओलीले डा खतिवडाकै पक्षमा अडान दोहोर्याएका हुन्।
पार्टीका उपाध्यक्षसमेत रहेका नेता वामदेव गौतमले पनि राष्ट्रियसभामा जाने इच्छा व्यक्त गरिरहेका बेला ओली भने डा खतिवडाकै पक्षमा देखिएका हुन्। राष्ट्रियसभामा कसलाई पठाउने भन्ने विषयमा बिहीबार बस्ने सचिवालय बैठकमा छलफल गर्ने अध्यक्षद्वय बीच सहमति भएको छ।
कार्यदलको प्रतिवेदन र राष्ट्रिय सभामा सिफारिसका सम्बन्धमा छलफल गर्न अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’वीच बेलुका सवाँ ५ बजे बालुवाटार छलफल गरेका थिए। ओली प्रचण्डवीच राष्ट्रिय सभामा मनोनित गर्ने व्यक्तिका विषयमा सहमती हुन नकसेपछि सचिवालयबाट टुंगो लगाउने भएको हो।
पार्टी अध्यक्ष एवम प्रधानमन्त्री केपी ओलीले राष्ट्रियसभामा अर्थ मन्त्री खतिवडालाई नियूक्त गर्नुपर्ने मत राखेको स्रोतले जनाएको छ। आफूलाई काम गर्न खतिवडा नै हुनुपर्छ भएन भने गाह्रो हुने भन्दै प्रचण्डसँग दाहोर्याएका थिए। राष्ट्रिय सभामा सिफारिस गर्ने व्यक्तिको विषयमा सहमती हुन नसकेपछि प्रचण्डले प्याकेजमा सचिवालयमा सहमती गर्ने भन्दै उठेका थिए।
‘एक एक विषयमा सहमति गरेर हुँदैन। सबै विषयलाई प्याकेजमा हल हुनेगरी समाधानको बाटो खोजौं,’ प्रचण्डको उद्धृत गर्दै उनी निकट एक नेताले भने, ‘सबै विषयमा प्याकेजमा हल हुने गरी सचिवालय बैठकमा छलफल गरौं।’
उपाध्यक्ष गौतमले आफूलाई राष्ट्रिय सभामा सिफारिस गर्ने यस अघिको पार्टीको निर्णय कार्यन्वयन हुनुपर्ने बताउँदै आएका छन्। आफूलाई ओलीले सिफारिस गर्ने छाँट नदेखेपछि गौतमले प्रचण्ड र वरिष्ठ नेताद्य झलनाथ खनाल र माधवकुमार नेपाललाई दबाब दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।